तलिम आँधीबाट दुई लाख विस्थापित

चीन, २८ भदौ । तलिम नामक आँधीका कारण चीनको फुजीआन र जेजिआङ प्रान्तबाट २ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।  यस क्षेत्रमा आएका यो १८ औँ आँधी भएको बताइएको छ । सो आँधी चीनको दक्षिणपूर्वी तटीय क्षेत्रतर्फ गइरहेको बताइएको छ ।
चीनको प्रान्तीय मौसम विज्ञान विभागका अनुसार तलिम १८० देखि २ सय किलोमिटर प्रति घण्टाको दरले आगामी दुई दिनसम्म आउने अनुमान गरिएको छ ।

चीनको राष्ट्रिय मौसम निरीक्षणको बुधबार गरेको घोषणा अनुसार उत्तरपश्चिमतर्फ सरेको यस आँधीले जेजीआङमा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म भूस्खलनको सम्भावना रहेको छ । अर्थात जेजिआङको जल क्षेत्रतर्फ लाग्ने र त्यसपछि उत्तर पूर्वतर्फ लाग्ने बताइएको छ । यस आँधीका कारण १ लाख २० हजार व्यक्ति सुरक्षित स्थानतर्फ लगिएको र त्यसैगरी २० हजारलाई फुवीआनको शरणार्थी स्थलका लागि लगिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...