भारतका ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु

नयाँ दिल्ली, २८ भदौ । भारतको दक्षिणपश्चिमी कर्नाटक राज्यमा कार र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । कर्नाटकको राजधानीदेखि ४५२ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने उत्तराखण्डमा बुधबार दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । “आज ट्रक र कार एक आपसमा ठोक्किए, नौ जनाको मृत्यु भयो,” एक जना प्रहरी अधिकृतले भने, “मृत्यु भएका मध्ये तीन जना बालबालिका र तीन जना महिला रहेका छन् ।”

यसै महिना सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार भारतमा सडक दुर्घटनामा परी गत वर्ष औसतमा दैनिक ४०० जनाको मृत्यु भएको छ ।
भारतमा सडक दुर्घटना अत्यधिक हुने गरेको छ । सवारी साधनले धेरै यात्रु बोक्ने, सडकको खराब अवस्था, चालकको लापर्बाहीलगायतका कारणले दुर्घटना हुने गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया