यी हुन् गर्मीमा हुने घमाैराबाट बच्ने अचुक घरेलु उपायहरू

गर्मी महिनामा हुने घमाैरा देखि धेरैलाई हैरानी हुन सक्छ । घमाैराबाट कसरी बच्ने भनेर साेचिरहनु भएकाे छ । यी हुन् घरेलु उपाय :

१. सबैभन्दा ज्यादा घमाैराले बच्चाहरुलाई सताउने गर्छ । त्यसैले गर्मी महिनामा बच्चालाई नुहाएपछि पाउडर लगाइदिनु पर्छ । साथै पातला कपडा लगाइदिनु पर्छ ।

२. युवा अवस्थाका मानिसले पनि गर्मी माैसममा टाइट कपडा लगाउन हुँदैन । टाइट कपडाका कारण घमाैराले सताउने गर्छ ।

३. यदी सँधै गर्मीका कारण तपाईलाई घमाैराले सताउँछ भने चन्दनका प्याक बनाउनुहाेस् । राती सुत्नु भन्दा अघि त्यसलाई शरिरमा लगाउनुहाेस् । धेरै हदसम्म त्यसले घमाैरा नियन्त्रण गर्छ ।

४. त्यसैगरी एलाेवेरा र कागतीकाे जुस  पिउनुहाेस् । बिहानै उठेर खालिपेटमा २ चम्चा एलाेवेराकाे जुसमा कागती मिलाएर बनाइएकाे जुस पिउँदा घमाैरा अाउँदैन ।

५.  गुलकन्द खानाले पनि घमाैराबाट बच्न सकिन्छ । यसले शरिरलाई ठन्डा राख्छ । गुलकन्दकाे साथमा गुलाबजल मिलाएर शरीरमा स्प्रे गर्दा पनि घमाैराबाट बच्न सकिन्छ ।

६.  गर्मीमा नियमितरुपमा प्याज खानाले पनि घमाैरा  नियन्त्रण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया