लक्ष्मीमार्ग गोल्डकप : बिराटनगरलाई हराउदै जि.वि. रवर फाईनल प्रबेश

पथरी, भदै २८ / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को बुधबारकाे खेलमा जि.बि.रबर फुटवल क्लव बिजयी भएकाे छ । खेलमा बिराट मेघा स्पाेट एकेडेमी बिराटनगरलाई १ का बिरूद्घ २ गाेल गर्दै जि.बि. रवर मंगलबारे बिजयी भएकाे हाे । एडिभिजनका खेलाडि दिपक राई, विजय धिमाल, सन्जाेग राई, विक्रम लिम्बू, पुजन उपर्काेटी लगायत ३ जना नाईजेरीयन खेलाडी सहित मैदानमा उत्रेकाे जि.बि. रवर मंगलबारेकाे लागि खेलकाे २० अाैं मिनेट कुर्नु परेकाे थियाे । दिपक राईकाे उत्कृष्ट पासमा मेस्सीले किपरलाई बिटमार्दै गाेल गरेका थिए ।

बिराट मेघका कैलास बस्नेतले प्रहार गरेकाे एक पछि अर्काे बलहरु पाेलमा लागि फर्किएकाे थियाे । खेलकाे ४२ अाै मिनेटमा बिराटका निरज बस्नेतले हानेकाे फ्रिकिक बारमा लागेर फ्रकेपछी बिरेन थारुले पाेल चार्ज गर्दा डिबक्स भित्र जि.बि. मंगलबारेका सुरेन थापाकाे हातमा लागि बिराटले पेन्लटी पाएकाे थियाे । पेन्लटीमा बिराटका बिरेन थारूले गाेल गर्दै खेल बराबरी बनाए ।

खेलमा बिराटका खेलाडिले निकै राम्राे अवसरहरु चुकाएका थिए । बिराटका निरज बस्नेतकाे प्रहार गरेकाे फ्रिकिक मंगलबारेका पिटरले बाईसाईकल प्रहार गरि खालि पाेसमा गाेल हुनबाट बचाएका थिए भने बिराटका खेलाडिले हानेकाे अर्काे बल पिटरलेनै खालि पाेसमा हेड गरि बचाएका थिए । बिराटका पारश लिम्बुले निकै राम्रा अवसरहरु गाेल गर्न बाट चुकाेका थिए ।

खेलकाे ७८ अाैं मिनेटमा जि.बि. रवर मंगलबारेका मीन धिमालले निकालेकाे पासलाई माटिनले चेस्टले राेकी मिलाएकाे बल सन्जाेक राईले उत्कृष्ट गाेल गरे । त्यस पछि खेलमा कुनै गाेल हुन नसकेपछी खेल जि.बि. रवर मंगलबारे बिजयी भयाे । अाजकाे खेलकाे म्यान अफ द म्याच पिटर घाेषित भए । भाेलीकाे खेल अायाेजक डागिहाट युथ क्लव माेरङका बिरुद्घ बिर्तामाेड युनाईटेड झापा बिच हुनेछ । मंगलबार भएकाे खेलमा राष्टिय जागृती क्लवका प्रशिक्षक श्याम मान्नधर माथी भएकाे गल्तीमा अायाेजकले माफी मागेकाे छ र गल्ती गर्नेकाे खाेजीकाे खाेजी भईरहेकाे अायाेजबले बताए ।

तपाईको प्रतिक्रिया

Loading...