निर्वाचन २ नं प्रदेशमा : कडाई १ नंमा , पूर्वबाट ३ हजार बढी शुरक्षाकर्मी बाहिरीए : सिमा नाकामा कडाई

  • तेज बन /

इटहरी – आगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एक नं प्रदेशमा शुरक्षा सर्तकता अपनाइएको छ । निर्वाचन नजिकिएसंगै पूर्वका मुख्य सहरहरूमा प्रहरी बिशेष टोली परिचालन गरीएको छ । पूर्वका मुख्य जिल्लाहरू सुनसरी , मोरङ झापा धनकुटा लगायत शुरक्षाको नजरले संवेदनसिल मानिएका जिल्लाहरूमा थप प्रहरी परिचालन गरी सतर्कता अपनाइएको छ ।

आगामी अशोज २ गते प्रदेश नं २ मा हुने तेश्रो चरणको स्थानीय निर्वाचनकालागि प्रदेश नं १ बाट ३ हजार बढी शुरक्षाकर्मीहरू बाहिरिएपछि शुरक्षा थ्रेट बढाइएको हो ।निर्वाचनलाई लक्षीत गर्दै एक नं प्रदेशमा कुनै प्रकारको दंगा फसाद हुन नदिन पूर्वी पहाडी भेगका प्रहरीहरूलाई तराइका जिल्लाहरूमा परिचालन गरीएको छ ।

दुई नं प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण बाताबरणमा सम्पन्न गराउन एक नम्बर प्रदेशमा शुरक्षा सतर्कता अपनाउनु अनिवार्य रहेको एक नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले बताउनुभयो । निर्वाचनलाई असर पुग्ने खालका कुनै पनि गतिविधी हुन नपाओस भनेर प्रदेश नम्बर एकमा पनि कडाई गर्न थालिएको र त्यसकालागि एक नं प्रदेशमा रहेका सम्पूर्ण सिमानाकाहरूमा कडाई गरीएको एआइजी उपाध्यायले बताउनुभयो ।

उपाध्यायले तेस्रो चरणको स्थानीय निर्वाचनमा एक नम्बर प्रदेशबाट तीन हजार नौ सय १९ प्रहरी दुई नम्बर प्रदेशको सप्तरी र सिरहामा परिचालन गरिसकिएको पनि बताउनुभयो । नजिकिएको चाडपर्वसंगै पूर्वका जिल्लाहरूमा हुने अपराधिक गतिविधी नियन्त्रणकालागि पनि शुरक्षा सतर्कता अपानाउनु आवस्यक रहेको बताउदै प्रहरी प्रमुख उपाध्यायले संवेदनसिल मानिएका जिल्लाहरूमा बिशेष प्रहरी परिचालन गरी नियमित गस्ती बढाइएको बताउनुभयो ।

एक नं प्रदेशमा प्रहरीको संख्या कम देखिएपनि भएको जनशक्तीलाई प्रयोगमा ल्याउने र जनताको सेवामा खटाई शुरक्षाको प्रत्याभुती दिलाइने एआइजी उपाध्यायले बताउनुभयो ।यसैबिच नजिकिएको चाडपर्वलाई लक्षीत गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले नयाँ शुरक्षा योजना तयार पारेको जनाएको छ । सुनसरीका प्रहरी प्रमुख बिद्यानन्द माझीले चाडपर्वलाई लक्षीत गर्दै सुनसरीका सबै सिमानाकाहरूमा कडाई गरीनुकासाथै जिल्लाका संवेदनसिल क्षेत्रहरूमा नियमित चेकिङ सुरू गरीएको बताए ।

तपाईको प्रतिक्रिया