नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

काठमाडौँ/ नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ ।

चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठमाडौँसम्म ७२४ किलोमिटर छ भने गन्सुबाट काठमाडौँ दुई हजार ४३१ किलोमिटरको रेलमार्ग दूरी पर्छ । सगरमाथाको उत्तरी मोहडाको करिब पाँच हजार मिटर उचाइमा पर्ने स्थानमा सुरुङ खनेर सो रेलमार्ग बन्नुपर्नेछ ।

यो रेलमार्ग सिगात्से–काठमाडौँ, काठमाडौँ–लुम्बिनी तथा वीरगञ्जदेखि भारतको विहारसम्म पुग्नेछ ।हालसम्म चीनको गोल्मडदेखि ल्हासासम्मको पाँच हजार ६७ मिटर उचाइको सबभन्दा बढी उचाइको रेलमार्ग मानिन्छ । यो सन् २००६ मा निर्माण भएको हो । त्यसपछि पेरु, बोलिभिया र संयुक्त राज्य अमेरिकामा क्रमशः माथिल्लो उचाइमा रेल निर्माण भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...