खेल चलिरहदा मैदानभित्रै रेफ्री र प्रशिक्षकले खाए कुटाई ( फाेटाे फिचर )

पथरी ,  मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को मंगलबारकाे खेलमा बिर्तामाेड युनाईटेड क्लव झापा बिजयी भएकाे छ । खेलमा राष्टिय जागृती क्लव सुनसरीलाई ० का बिरूद्घ २ गाेल गर्दै बिर्तामाेड युनाईटेड बिजयी भएकाे छ । सम्पुर्ण झापा ११ का खेलाडीले भरिएकाे बिर्तामाेड युनाईटेडका अाशिश चापागाईले दाेस्राे हाफकाे ७२ मिनेटमा गाेल गर्दै खाता खाेले भने खेलकाे ७६ मिनेटमा बुद्ध चेम्जाेङकाे अर्काे गाेल गर्दै दुई गाेलकाे अग्रता बनाए । खेलमा त्यस पछी कुनै गाेल नभए पछि खेल झापा युनाईटेडले ० का बिरुद्ध २ गाेल गर्दै बिजयी भयाे ।

पहिलाे हाफ गाेल रहित बराबरीमा राेकिएपछी दाेस्राे हाफमा झापा युनाईटेडले अग्रता लिएकाे हाे । राष्टिय जागृतीले गाेल गर्ने धेरै मैका पाए पनि गाेल गर्न बाट चुकेकाे थियाे । दाेस्राे हाफकाे २४ मिनेटमा बिर्तामाेड युन्ईटेडका खेलाडीले राष्टिय जागृतीका समीर राईलाई फल गरेपछी मेडिकलका डाक्डर बाहिर ननिस्की रेफ्रि मधुकर अाचार्यले खेल खेलाए भन्दै जागृतीका प्रशिक्षक श्याम मान्नधरले उजुरी गर्दा प्रशिक्षक माथी अायाेजकका मिलन राईले हात पात गरेका थिए ।

 

  । प्रशिक्षक मान्नधरलाई राईले फाेर्थ अफिसियल बसेकै स्थानमा ३ मुक्का प्रहार गरेपछी खेल ८ मिनेट राेकिएकाे थियाे । साेहि खेल मैदानमा राष्टिय लिग हुदा थ्रि स्टार र माेरङ बिचकाे खेलमा सुदिश पान्डेले दर्शककाे कुटाई खाएका थिए । अाजकाे म्यान अफ द म्याच पहिलाे गाेल कर्ता अाशिश चापागाई घाेषित भए । भाेलि बुधबारकाे खेल जि.बि. रवर मंगलबारेका बिरुद्ध विराट एकेडेमी बिराटनगर माेरङकाे बिचहुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...