भाईप्रति प्रचण्डको यस्तो अविश्वास !

काठमाडौं, २७ भदौ । राजनीति र सत्तामा भाईहरुको विश्वास गरेका कारणले जंगबहादुर राणाले छोरासम्म गुमाउनु परेको थियो । विरासतमा छोरालाई उभ्याउन लागेको अभियोग लगाउँदै जंगबहादुरका छोरा जगतजंगलगायत उनका सन्तानलाई शम्शेर खलकले हत्या गरेको इतिहासहरुमा छन् ।

सत्ता र शक्तिका लागि भाईले दाजुको हत्या गारेको इतिहास नेपाली राजनीतिमा कसरी बिम्बित हुन्छ त ? तर, त्यही जंगबहादुरको खाँचो देखेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छोराछोरीको राजनीतिक भविष्य गुम्ने देखेपछि आफ्ना सहोदर भाई नारायण दाहालमाथि अविश्वास गरेका छन् । नारायण दाहाल चितवनका इञ्चार्ज हुन् ।

तर, अब भाइप्रति उनको विश्वास गुमिसकेको उनको घोषणाले प्रतित गरिसकेको छ । म चितवनबाट चुनाव लड्छु, उनले घोषणा गरिसकेका छन् । प्रचण्डले चितवनमा आफ्नो राजनीतिक विरासतको उदय गराउने प्रयत्न भने केही महिनाअघिमात्र गरेका होइनन् । यो एक वर्ष अघिदेखिको योजनानुसारको घोषणा हो ।

काठमाडौं, सिरहा या रोल्पामा हार्ने त्रास भन्दा पनि राजनीतिक विरासत निर्माणका लागि उनी चितवनबाट लड्दैछन् । आफू शक्ति केन्द्र र कार्यकारी पदमा रहँदा चितवनसँग उनको प्रत्यक्ष सम्बन्ध बलियो नहुनुको कारणका विकल्पमा पनि उनी चितवन छिरेका हुन् । अब जन्मथलोबाटै चुनाव लड्छु ।

एक ठाउँमा लड्ने भएकाले चितवन फर्किएको हुँ । उनले पत्रकार सम्मेलनमा भने । प्रचण्डको यो घोषणा माओवादी केन्द्रको नेतृत्वभित्रको पारिवारिक राजनीतिकको चिरफार पनि हो । चितवनको राजनीतिलाई प्रचण्ड परिवारमा नारायण दाहालले मात्र उपयोग गरेका थिए ।

चितवनको संगठनको कुरा होइन उद्योग वाणिज्यदेखि हरेक कुरामा नारायण दाईको मनोपोली बढेको सबैले ठानेका थिए त्यसकारण त्यहाँ हस्तक्षेप गर्ने बेला आएरै यो निर्णय भएको हो । प्रचण्डनिकट स्रोतले भन्यो, रेणु दाहालले जित्दा जित्दै हार्ने परिस्थिति झन्डै आएको थियो, त्यसमा पनि नारायण दाईको भूमिका देखियो । प्रचण्ड सानो घेरालाई मात्र विश्वास गर्छन् । उनी परिवारभन्दा अरुलाई विश्वासमा लिन सक्तैनन् ।

त्यसकारण आफ्ना स्वकीय सचिवहरुको घेरामा छोरालाई युद्धकालदेखि नै अहिलेसम्म राखिरहेका छन् । खासगरी पहिलो पाइला रेणु दाहालको भरतपुरको उम्मेदवारीमार्फत राखे । त्यहाँ माओवादी केन्द्रका कार्यकर्ताले त सहयो गरे तर भित्रि रुपमा नारायण दाहालको असहयोग रह्यो ।

बालुवाटार र लाजिम्पाटसँग चितवनको सोझो कनेक्शनमा रेणु देखिने भएपछि नारायणले भतिजि हराउनका लागि एमालेसँग निक्कै गोप्य छलफल चलाएका थिए । रेणु दाहाल हराएपछि प्रचण्डको चितवन आउने सपना तुहिने र माओवादीको चितवन राजनीतिमा आफू हावी भइरहने भयो, प्रचण्डनिकट स्रोतले भन्यो, यसको खबर अध्यक्षलाई बारम्बार भएको हो ।

तर जब मतपत्र च्यातिएर विवाद आयो त्यसबेला नारायण दाहालको निस्क्रियता देखेपछि उहाँले बुझिसक्नु भएको थियो । त्यसो त राजनीतिक विरासत लामो बनाउनका लागि पनि प्रचण्डले आफूलाई चितवनमा उभ्याएका हुन्, खबर जनप्रहारमा छ ।

राजनीतिक उत्तराधिकारीका रुपमा नारायण दाहाललाई हटाउँदै रेणु दाहाललाई चितवन छिराएका प्रचण्डले अबको विरासतको राजनी त्यहीबाट थाल्दैछन् । प्रदेश र संसदको चुनाव मंसिर १० र २१ म गर्ने निर्णय भइसकेको छ र चितवनमा तीन वटा निर्वाचन क्षेत्र बनेको छ । त्यसध्ये एउटामा प्रचण्ड लड्नेछन् ।

तपाईको प्रतिक्रिया

Loading...