कांग्रेस नेता लोहारको निधन

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य ७४ वर्षीय प्रतापराम लोहारको शुक्रबार निधन भएको छ । विगत केही समयदेखि मधुमेह, मृगौला र उच्च रक्तचापबाट पीडित भई उपचार गराईरहेका लोहारको शुक्रबार साँझ ५ बजे ललितपुरको सुमेरु अस्पतालमा निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ । लोहारको श्रीमती, एक छोरा र चार छोरी छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोहारको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तब्य जारी गर्दै लोहारको निधनप्रति नेपाली दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया