बार्सा नेपाल वडा स्तरिय फुटबल : प्रतियोगिताको उपाधी वडा नम्बर २० ले जित्न सफल

इटहरी / बार्सा नेपाल पुर्वान्चलले आयोजना गरेको इटहरी वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २० ले जित्न सफल भएको छ । जनता मावि को खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा वडा नम्बर चारलाई १-० ले पराजित गर्दै वडा नम्बर २० ले उपाधीमा कब्जा जमाएको हो । वडा नम्बर २० लाई जित दिलाउन निनम राई ले गरेको गोल पर्याप्त रह्यो । आजको खेलको म्यान अफ द म्याच वडा नम्बर २० का गोलकर्ता निनम राई घोसित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर २० का अनिस चौधरी घोसित भए भने उच्च गोलकर्ताको उपाधी वडा नम्बर ४ का नवतर तामाङले प्राप्त गरे । इटहरी उप-नगरपालिका का उपमेयर लक्ष्मी गौतमको प्रमुख आथित्यतामा सम्पन्न समारोहको बिजेता टिमले नगद २०००० प्रमाणपत्र र मेडल साथै उपबिजेताले नगद १००० प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भए ।

तपाईको प्रतिक्रिया

Loading…