इटहरीमा जारी वडा स्तरिय फुटबल प्रतियोगिताको फाइनल पुग्ने टोलिको टुङ्गो

इटहरीमा जारी वडा स्तरिय फुटबल प्रतियोगिताको फाइनल पुग्ने टोलिको टुङ्गो लागेको छ । बार्सा नेपाल पुर्वान्चलले आयोजना गरेको प्रतियोगिताको फाइनलमा वडा नम्बर ४ र वडा नम्बर २० भिर्ड्ने भएका छन । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १० लाई २-० ले पराजित गर्दै वडा नम्बर २० ले फाइनलको यात्रा तय गरेको छ । वडा नम्बर २० लाई जित दिलाउन एक गोल बिजय तामाङले गरे भने एक गोल १० नम्बर वडाका आशिष चौधरीले आत्माघती गोल गरे । खेलको म्यान अफ द म्याच वडा नम्बर २० का गोलकर्ता बिजय तामाङ घोसित भए ।

तेस्तै आजै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा वडा नम्बर ५ लाई ३-१ ले पराजित गर्दै वडा नम्बर ४ ले पनि फाइनलको बाटो तताएको छ । वडा नम्बर चार लाई जित दिलाउन दुई गोल रमेश राजबन्सीले गरे भने एक गोल सनम तामाङले गर्न सफल भए । वड नम्बर पाँचको लागि दिपेन तामाङले एक गोल गरे पनि त्यो पर्याप्त रहेन । खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का रमेश राजबन्सि घोसित भए । भोलि २:३० मा हुने फाइनल खेलमा वडा नम्बर २० र ४ भिर्ड्ने छन ।

तपाईको प्रतिक्रिया

Loading…