लक्ष्मीमार्गमा गोल्डकप हुने

लक्ष्मीमार्ग । डाँगीहाट युथ क्लब, बेलबारी ११ लक्ष्मीमार्ग मोरङको आयोजनामा यहि भदौ २३ गतेदेखि ३१ गतेसम्म प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ हुने भएको छ । आयोजकले बुधबार श्री लक्ष्मी उच्च माबिको खेलमैदानमा रहेको कर्बडहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो गोल्डकपको बारेमा जानकारी दिएका हो । गोल्डकपमा धनकुटा,झापा,मोरङ र सुनसरीका गरी ८ वटा टिमको सहभागिता रहने जनाईएको छ ।

गोल्डकपलाई बुद्ध एअरले मुख्य प्रायोजना गरेको छ । गोल्डकपमा ११ लाख ८० हजार आम्दानी हुने र १९ लाख ५७ हजार खर्च हुने जनाईएको छ । गोल्डकपबाट प्राप्त आम्दानी खेलकुद क्षेत्रको बिकास र बाढीपिडित बालबालिकाहरुको शैक्षिक सामाग्री जुटाउन खर्च गर्ने आयोजक समितिका अध्यक्ष बिक्रम राईले बताएका छन । गोल्डकपमा प्रथम हुनेलाई रु .१ लाख ११ हजार १ सय १ दोस्रो हुनेलाई रु. ५१ ह्जार १ सय १ रुपैया र खेलअबधिभर म्यान अफ दि म्याच लाई पुरस्कृत गरिने जनाईएको छ ।

यस क्षेत्रमा बिभिन्न दाता र संघसंस्थाहरुको २५ लाख बराबरको सहयोगमा लक्ष्मी खेल मैदान तयार भएको छ यही क्षेत्रलाई प्रतिनिधित्व गर्दै प्रमिला राई,एनोस मगरहरु राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भईसकेका छन । जिल्लास्तरमा असिम राई,मनिष राई,कासिम राईहरुले सफलता हासिल गरिरहेका छन भने टिम क्याप्टेनका रुपमा उत्तम राईले संयोजन गरिरहेका छन । यस क्षेत्रको समग्र खेलकुदको क्षेत्रको बिकास र खेलाडीहरुको थप प्रोत्साहन गर्ने उद्धेश्यका साथ डाँगीहाट युथ क्लबको स्थापना भएको हो ।

बि.स २०७० सालमा स्थापना भएको यो क्लबले स्थानीय स्तरमा खेलकुद क्षेत्रको बिकास र नयाँ खेलाडीको प्रोत्साहनका लागी थुप्रै प्रतियोगिताहरु आयोजना गरिसकेको छ भने यस क्षेत्रमै पहिलोपटक ऐतियहासिक गोल्डकप आयोजना गर्दै छ ।

तपाईको प्रतिक्रिया

Loading…