इटहरी वडा स्तरिय फुटबलको सेमिफाइनल समीकरण पूरा

बार्सा नेपाल पुर्वान्चलले आयोजना गरेको इटहरी वडा स्तरिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । इटहरीको जनता मा बि मा संचालन भएको तेस्रो क्वाटर्फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर २ लाई २-१ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ । तेस्तै आजै सम्पन्न चौथो क्वाटरफाइनल खेलमा वडा नम्बर ९ लाई १-० ले पराजित गर्दै वडा नम्बर ५ पनि सेमिफाइनल प्रवेस गरेको छ । खेलको अन्तिम मिनेटमा सागर कार्कीले गरेको गोल निर्णायक बन्दा वडा नम्बर ५ ले खेल १-० ले जित्न सफल भयो । खेलको म्यान अफ द म्याच वडा नम्बर ९ का भोला राई घोसित भए ।
भोलि हुने सेमिफाइनल खेलमा वडा नम्बर १० र २० तथा वडा नम्बर ४ र ५ प्रतिस्पर्धा गर्ने छन ।

तपाईको प्रतिक्रिया

Loading…