चौविसे गाउँपालिकामा खुल्यो रारा फुटबल एकेडमी

इटहरी /  पुर्वको पर्यटकिय गन्तव्यको रुपमा बिकास हुँदै गएको चौबीसे गाउँपालिका को राजारानीमा फुटबल एकेडमी सुचारु भएको छ । थ्री स्टार, झापा एघार र मच्छिन्द्र जस्तो चर्चित क्लब बाट फुटबल खेलिसकेका स्ट्राइकर बुद्ध चेम्जोङले फुटबल एकेडेमीको सुरुवात गरेका छन । स्थानिय खेलकुद प्रेमी युवा तथा बिदेशमा रहेका फुटबल प्रेमीहरुको मद्दतमा यो एकेडेमी संचालनमा ल्याहिएको बुद्ध चेम्जोङले बताए । रारा एकेडेमी नाम दिहिएको यस एकेडमीले भबिस्यमा उत्कृष्ट र अनुसासित फुटबलर उत्पादन गर्नेमा कसैको दुई मत छैन ।

करिब ८० जना जति रहेको एकेडेमीको लागि चहिने खेल सामाग्री विभिन्न राजनीतिक दल, विदेसमा रहेका स्थानियका परिवारले दिलाउदै गरेको उनलेे बताए । राजारानी अहिले पर्यटकिय स्थलले चिनिन्छ तर अब भबिस्यमा यो फुटबलको गाउँले चिनिने राजारानीका खेल प्रेमी युवा सबिन अधिकारीले बताए ।

किरण चेम्जोङ, बुद्ध चेम्जोङ, उज्वल चेम्जोङ जस्ता चर्चित खेलाडि दिलाएको राजारानीले भबिस्यमा अजै राम्रो खेलाडी दिलाउनेमा राजारनीका खेल प्रेमी दर्शक बिस्वोस्थ देखिन्छन् ।

तपाईको प्रतिक्रिया

Loading…