माल्दिभ्सलाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा

इटहरी / साफ यू-१५ अन्तर्गतको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६-० ले पराजित गरेको छ । नेपालका लागि बिर्जेश चौधरी र आकास बुढा मगरले २-२ तथा कप्तान रोशन राना मगर र दर्शन गुरुङले १-१ गोल गरे । नेपालले १३ औं मिनेटमा बिर्जेश चौधरीको हेड मार्फत अग्रता लियो । नेपालले २१ मिनेटमा अग्रता दोब्बर गर्यो । रन्जन पुनको पासलाई पोस्टको दायाँ बाट नियर पोस्टमा प्रहार गर्दै दर्शनले गोल गरे ।

त्यस्तै नेपालले कप्तान रोशन राना मगरको पेनाल्टीमा तेस्रो गोल गर्यो । दर्शनले बल ड्राइभ गर्दा माल्दिभ्सका रक्षक मोहम्मद फ्यान इमरानले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रोशनले गोलमा परिणत गरेका थिए । गोल कर्ता रन्जन पुनलाई ३२ मिनेटमा स्तानतरण गर्दै मैदान प्रवेश गरेका आकाशले ४५ मिनेटमा चौथो गोल गरे । खेलको ५७ औं मिनेटमा आकास बुढा मगरले वेक्तिगत दोश्रो तथा टिमको लागि पाचौं गोल गर्न सफल भए ।

तेस्तै खेलको ७३ औं मिनेटमा बिर्जेश चौधरीले वेक्तिगत दोश्रो तथा टिमको लागि छैटौ गोल गर्दै नेपाललाई जित दिलाउन सफल भए । जित संगै नेपाल सेमिफाइनल प्रवेस गरेको छ भने माल्दिब्स प्रतियोगिताबाट बाहिरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…