भाइरल बन्दै, सबैलाई रुवाउने यी तस्विर…. (फाेटाे फचर सहित)

सप्तरी / सप्तरीको कोइलाडी वार्ड नम्बर ६ का आठ वर्षीय कमल सदाको मृत्यु भएपछि उनका आफन्तले गाड्ने ठाउँ कतै भेटेनन् । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो ।
 
माटोमा गाड्ने ठाउँ नभएपछि उनका काकाले कोशीमा बगाइदिएका छन् । यस्तो दर्दनाक अवस्थालाई युरोपियन फोटो एजेन्सी (इपीए) का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका छन् । वर्षाका कारण विरामी भएका सदाको उपचार अभावमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

Loading…