इटहरी लगायत पूर्वका अधिकांस ठाँउहरूमा डुबानमा, चतरा बाध फुटेको हल्ला निराधार

इटहरी / इटहरी लगायत पूर्वका अधिकांस ठाँउहरू डुबानमा परे पश्चात जनजिवन त्रस्त बनेको छ । सुनसरी, मोरङ तथा झापाको  बुढी,  टेग्रा, बक्राहा, कनकाई लगायतका खोलमा आएको बाढी बस्ती तर्फ छिरेपछि पूर्वका पूर्वका अधिकांस ठाँउहरूमा डुबानमा परेकाे हाे  । यता पूर्वकाे केन्द्रबिन्दु इटहरीमा राती १ बजेदेखी बाढी बढेर बस्ती तर्फ छिरेपछि इटहरीवासी जाग्रमबस्न बाध्य भएका छन् । कतिपय घरका सम्पूर्ण सामान बाढीका कारण नष्ट समेत भएका छन ।

घरको छत र रेलिङमाको साहारामा सर्वसाधरणहरु उद्धारको आशमा छन । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली इटहरीका बिभिन्न स्थानमा पुगेर उद्धारको कार्य जारी राखेको छ । तर न्यून सुरक्षाकर्मीको कारण यति बेला सबै स्थानमा सुरक्षाकर्मी पुग्न सकेका छैनन । नेपाल टेलिकमको एनटिसी सेवा अबरुद्ध बनेपछि उद्धारमा झन कठीनाई बनेको छ ।

बुढि खोलाको बाढीले नजिकैको गैरी गाउँका ३० बढी घर बगाएको छ । मानिससमेत बगाएको शंका गरिएको छ । पानी नरोकिएको कारणपनि इटहरीमा बाढीको सतह बढ्ने अनुमान गरिएको छ । बाढीबाट इटहरी वार्ड नं. ४, ५, ६, ७ लगायत अधिकान्श वडा पुर्णरुपमा डुबेका छन । यस्तै सुनसरीको रामधुनि नगरपालिका, इनरुवा मोरङ र झापाका बिभिन्न स्थानहरु पनि जलमग्न बनेका छन । यस्तै कोशी नदीमा पनि पानीको वहाव बढेको छ । प्रशासनले त्यस क्षेत्रमा पनि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सुनसरीको चतरा बाध उच्च जोखिममा परेको छ । चतरा बाध फुटेको हल्ला निराधार भएको समेत प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया