नौटंकी मेयर

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजन मेहताले नाटकमा अभियन गर्दै गरेको आफनो फोटो फेसबुकमा राखदै पहिलेका दिन स्मरण गरे । मेयर मेहताले २२ वर्ष अघिको नाटक खेल्दाको स्मरण गर्ने काम मात्र गरेनन नगरवासीलाई उनको सामाजिक कामको स्मरण समेत गराउने काम गर्याे सो पोष्टले ।

राजन मेहतालाई इनरुवाको मेयर बनाउन उनको नाट्य जीवन पनि सहयोगी बन्यो । इनरुवा तथा आसपासका क्षेत्रमा मेयर मेहतालाई चिनाउने पहिलो माध्यम नै उनले अभिनय गरेका सडक नाटकले गरेको थियो । शिक्षा ,स्वास्थ्य तथा सरसफाई जस्ता विषयहरु नाटकमा उतारेर कलात्मक रुपमा प्रस्तुत गर्न खप्पीस मेहताले नाटक लेखन ,निर्देशन देखि लिएर अभिनय गरेको अहिले पनि धेरै नगरवासीले विर्सीएका छैैनन । उनको अभिनयलाई जसरी नगरवासीले विर्सीएका छैनन त्यसै गरी उनले पनि आफनो सामाजिक कार्यको सुरुवात गराउन मद्धत गरेको नाटक क्षेत्रलाई विर्सीएका छैनन भन्ने प्रमाण शपत गहण पछि जिम्मेवारी समाल्ने क्रममा नटराजको मुर्ति आफनो टेवलमा राखेर पुष्टि गरे । नटराजको मुर्ति विना कार्यकक्ष मै वस्न नमाने पछि उनकै घरबाट नटराजको मुर्ति ल्याएर टेवलमा राखि दिएको मेहताका एकजना निकटवर्तीले बताए । नाटकमा अत्यान्त लगाव भएका मेयर मेहताले कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीलाई मेयर रहेकै अवस्थामा पनि आफुलाई सुहाउने नाटक तयार पारिए नाटकमा अभिनय गर्ने भनेको जयन्ती सुनाउछन ।


नाट्यक्षेत्रमा समेत इनरुवामा नाम कमाएका मेयर मेहताको कार्यशैलीलाई फिल्मी शैलीको भनेर चर्चा गरिन थालिएको छ । लामो समय देखि स्थानीय निकाय जनप्रतिनिधि विहिन बनेका कारण जनचाहना अनुसारका कतिपय कामहरु हुन नसकिरहको समयमा नवनिर्वाचित मेहता यस्ता काम गराउन आफै उपस्थित हुन थालेपछि उनको कार्यशैलीलाई फिल्मीशैलीको भनेर चर्चा गर्न थालिएको छ । जनगुनासाहरुलाई पनि फिल्मीशैलीमै तत्काल सुनेर जनचाहनाका कामहरु गर्न लगाउने मेहताको कार्यशैलीको चियो र चर्चा दुवै एक साथ भई रहेका छन । मेहता मेयर निर्वाचित भएसंगै इनरुवा १ शान्ति चौकको कल्भट भत्कीएपछि त्यसले निक्कै चर्चा पायो । सामाजिक सञ्जालहरुमा जनप्रतिनिधि नभएको समयमा भएको काम कमसल भएको भन्दै अव राम्रो काम हुने अपेक्षा गर्नेहरु देखि लिएर तत्कालीन समयमा मेहता समेत राजनैतिक संयन्त्र रहेको भन्दै उछितो काट्नेहरु समेत देखिए तर मेहता आफै उपस्थित भएर भत्कीएको कल्भट मर्मत गराउने काम गरे ।

 

जुन काम प्रशंनीय बन्यो मेहताका लागि । त्यसै गरी इनरुवा नगरक्षेत्रमा पानीको निकास खुलाउन आफ्नै उपस्थितीमा नाला सफा गर्ने काम समेत मेहताले गराए । जुन अहिले पनि जारी रहेको छ । केही दिन पहिले गुद्री बजारको सफाई गराउन मेहता आफै पुगे त्यस पछि गुद्रीमा सफाई हुन थालेको छ । गुद्री सफाई गर्न मेहताले कडाइका साथै निर्देशन दिए ।

जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा गाउँ नरहेको सहर बन्न नसकेको भन्दै गा्रमिण परिवेशमा रहेको नगरको चित्रण गर्दै सोहि अनुरुपमा विकास क्रममा अगाडि बढाउने प्रतिवद्धता जनाउदै आएका मेहतालाई आफुले धोषणा गरेका प्रतिवद्धता पुरा गराउन समेत चुनौतिहरु धेरै रहेका छन । संभवत १ नम्बर प्रदेशकै नगरपालिकाको कान्छो मेयर मेहताले आफनो घोषणा पत्रमा उल्लेख गरेको भैषी सुन्दरी प्रतियोगिताले चर्चा पाइरहेको समयमा भैषी पालन हुने ९ नम्वर वाडमा चर्चरे तथा भ्यागुते रोगले मेहतालाई चुनौति दियो ।

पशुहरु मर्न थालेपछि मेहताको निर्देशनमा जिल्ला पशु सेवा कार्यालयले भ्याक्सीन अभियान चलाएपछि नियन्त्रण आयो । किसानहरुको भैषी तथा पशुहरुमा देखिएको चर्चरे र ग्यागुते रोग नियन्त्रणका लागि समेत मेहताले ठुलो योगदान गरेको किसानहरु वताउछन । निर्वाचित भएसंगै मेहताले थालनी गरेका कामहरु नाटंकीय शैलीमै सफल बन्दै आएका छन । नगरवासीले यस्तै अपेक्षा गरि रहेका छन ।

हामी पनि नगरविकासका लागि मेहताले विकासका योजनाहरु ल्याउनेमा विश्वास गरिरहेका छौ । नगर प्रमुख मेहताले पनि जनताका अपेक्षाहरु पुरा गराउदै सकारात्मक रुपमा नगरको विकासमा योगदान गर्ने जनताले विश्वास गरिएका छन । मेहताले केही राम्रो काम गरेर शुभ संकेत गरिसकेका छन यस्ता कामहरुलाई निरन्तरता दिन जरुरी छ । मेहता ३ घण्टे फिल्मका नायक हैन ५ वर्षको समय छ । सोच विचार गरेर नगरविकासका लागि नयाँ नयाँ योजनाहरु ल्याएर अघि बढ्नु पछृ त्यसो हुन नसके विकासमा पछि परेको इनरुवा फेरि पनि पछि पर्ने छ भने मेहताले पोष्ट गरेको केटी भएर अभिनय गरेको फोटो हेरेर नगरवासीले मेहतालाई गाईको अनुहारको ……… भनेर गिज्याउलान त्यस तर्फ ध्यान जाओस ।

तपाईको प्रतिक्रिया