राजपा अव प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने–यादव

पाँचथर, साउन २३ / संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा अव प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने वताउनुभएको छ । पाँचथरको फिदिममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै यस्तो वताउनुभएको हो । जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित भएको उहाँको भनाई थियो । सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको उहाँले आरोप लगाउनुभयो ।

जसले गर्दा मुलुकको हितभन्दा आपसी दाउपेचको मात्र अर्थ राख्ने उहाँले वताउनुभयो । उहाँले प्रादेशिक संरचनमा अहिलेको ७ प्रदेशले शान्ति र स्थिरता कायम गर्न सक्दैन भन्नुभयो । अव छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्वोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै उहाँले नयाँ शक्ति पाटी सँग एकीकरण गर्ने प्रयास आफनो जारी रहेको र यो प्रयास अहिले पनि समाप्त भइनसकेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...