पाचपोखरी परिक्रमा (फाेटाे फिचर सहित)

आज भन्दा करिब २३२५ वर्ष अगाडी बुन्बा रुवा वाइवा नाम गरेका एक जना सिकारी शिकार खेल्दै सिन्धुपाल्चोक जिल्लाको भोतांग गाउ माथि पर्ने लेकमा सिकार गर्दै जादा अचानक आफ्नो अगाडी धान खेति गर्दै गरेको देखे | लेकमा धान रोप्दै गरेको देखेर अचम्ममा परेका सिकारी उक्त रोपाइँ गर्दै गरेको ठाउ नजिक पुग्दा खेताला सहित सबै जना त्यहि अलप भएछन | सिकारी वाइवाले उक्त समुह पक्कै महादेवको हो भन्ने लागेर  उनीहरु अपप भएको ठाउमा आफु संगै गएको भोटेकुकुरको घाटिमा झुन्डाएको घन्टी फुकाली मन्दिर स्थापना गरेको र उक्त धान रोप्ने गरा हरु पोखरीमा रुपान्तरण भएको किम्बदन्ती रहेको पाच पोखरीले अहिले धार्मिक तथा प्राकृतिक महत्व बोकी पर्यटनको प्रबल सम्भावना बोकेको छ | किम्बदन्ति अनुसारनै उक्त क्षेत्रमा धानको बाला भेट्ने र पोखरीमा जलबिहार गर्न आउने एक जोडी हास देख्ने मानिस भाग्यमानि हुने तथा शुद्धमन ले चिताएको एउटा कुरा सबै भक्तजनको पुरा हुने जनविश्वास पनि रही आएको छ | सोहि समय देखि हरेक जनै पुर्णिमामा मेला लाग्ने गरेको र धेरै भक्तजन हरु उक्त स्थान जाने गरेका छन् |

करिब ४२०० मिटरको उचाईमा टक्क पाच पाण्डव जसरि मिलेर उच्च टाकुरा हरुको फेदमा हरिया फाट संगै बसेका पाच वटा पोखरीहरु रहेको पाच पोखरी साचै स्वर्ग जस्तै छ | अविरल बग्ने इन्द्रावती नदीको शीरको रुपमा रहेको सोहि स्थान घुम्ने मौका हामीलाई पनि मिल्यो यो वर्ष| हरेक बर्षको जनै पुर्णिमामा मेला लाग्ने तथा देशका बिभिन्न स्थानबाट धामी झाँक्री तथा धार्मिक आस्था बोक्ने मानिसहरु को आगमनले यस क्षेत्रको महत्वलाइ झन उजागर गर्दै छन | बिभिन्न किसिमका प्राकृतिक छटा हरु संग रमाउदै रमणीय दृश्य हेर्न जाने जो कोहिको लागि यो क्षेत्र नया गन्तब्य बन्न सक्छ | पाखा भरि फुलेका रंगीचंगी फुल, उकालो ओरालो बाटो, गोठको बसाइ, बटुवाहरुले गाउने लोक गितका भाका ,दुध पोखेको जस्तो कन्चन झरना र खोलाहरुको संगीत अनि  चरा चुरुंगीको चिरबिर , तामांग समुदायको आतिथ्य सत्कार र डाडापाखामा लाग्ने हुस्सु भित्र चौरीका बथानहरु संग रमाउदै हिड्नु र बास बसेका गोठमा अन्य समुह संग दोहोरि गाउदै बस्नुको रमाइलो बर्णन गरि साध्य छैन | बाटो हिड्दा पाउने पाखनबेद, निर्मसी, जटामसि , पाचऔले, सुनपाती, धुपी जस्ता जडीबुटी आदि जैविक बनस्पतिले यस क्षेत्रको महत्वलाइ झन् बढाएको छ |

जनै पुर्णिमाको दिन बिहान महादेवको मन्दिर अगाडी रहेको दहको चिसो पानीमा डुबुल्की मारेर पुजा आजा गरि १ घण्टाको दुरीमा रहेको मानक मन्दिर जान सकिन्छ भने, अर्को तर्फ पोखरी हरुको माथि करिब ४४०० मिटरको उचाईमा रहेको गादिगाङ डाडोबाट पाचवटै पोखरी एकै साथ हेर्न र मौसमले साथ दिदा दोर्जेलाक्पा हिमाललाइ नजिकबाट नियाल्न सकिन्छ | मलाई उक्त स्थान सम्म पुर्याउन मद्वत गर्ने टोलि सदस्यहरु दिपेस खनाल , रघु न्यौपाने, रोहित पराजुली, सन्त कार्की, उकेश श्रेष्ठ, सुमन श्रेष्ठ र बसन्त अधिकारीलाइ धेरै धेरै धन्यबाद |

कसरि जाने :

काठमाडौँ बाट मेलम्चीका लागि बिहानै कोटेश्वोर, चाबहिल तथा चौताराको लागि पुरानो बसपार्क बाट बस छुट्छन | मेलम्ची बाट बर्खामा तिपेनी सम्म र हिउदमा भोतांग सम्म नै चल्छन बस | मोटरसाइकल रुचाउनेहरुका लागि भोतांगको छिम्ती सम्म जना खासै समस्या पर्दैन | हामि पनि छिम्ती सम्म मोटरसाइकल मै गयौ |छिम्तीमा बाइक राखेको १०० रुपया तिरेर हिड्दै जान सकिन्छ |  जाने हरुका अनुसार चौतारा बाट भन्दा मेलम्चीबाट भोतांग हुदै जान सजिलो | चौताराबाट जानेहरु  स्याले हुदै नोर्स्यांग हुदै 3 दिनमा पुग्छन | उता मेलम्ची हुदै तिपेनी बाट हिडेको दिन भोतांग, डुखाङ देउराली, चितरखर्क वा टागुखर्क सम्म पुग्न सकिन्छ | भोतांग बाट हिडेर टागुखर्क वा नोर्स्यांग गएर बास बस्दा उपयुक्त |हामि चाहि टागुखर्कको छिरिंग आस्यांगको गोठे होटल( ९७४१३३७०३९) मा बस्यौ  लोकल रक्सि बोकाको मासु र दोहोरि गीतमा रमाउदै | टागु बाट ९-१० घण्टा मा  पाच पोखरी पुगिन्छ भने नोर्स्यांगबाट ४-५ घण्टामा  आरामले पुगिन्छ | कोहि कोहि त भोतांगबाट एकै दिनमा पनि पुग्छन | टागुमा केहि गोठहरु छन भने नोर्स्यांगमा समेत ५-७ वटा गोठहरु छन् |दशैँ पछी चैत्र अन्तिम सम्म भने बाटोमा कुनै गोठ वा होटल हरु भेटिदैनन त्यसैले सो समयमा योजना नबनाउदा राम्रो | उक्त क्षेत्र बिकास समितिले ढुंगा छापेर राम्रो बाटो बनाएको भएता पनि करिब ४२५० मिटरको उचाईमा रहेको लौरीविनायकको उकालो चढ्न भने अलिक गार्हो छ | लौरीविनायक को उकालो काटे पछी भने १ घण्टामा पुगिन्छ स्वर्ग जस्तै सुन्दर पाचपोखरीमा | पुग्ने बेलामा उक्लिने सातघुम्तीको उकालो र सम्पूर्ण थाकान बिर्साउन पाचपोखरीको मनोरम दृश्यको एक झल्को नै काफी छ |

हाल चल्तीमा रहेका पदमार्गको बिकल्प खोज्नेहरुका लागि नया पदमार्गको समेत विकास गर्न सक्ने प्रबल सम्भावना छ पांचपोखरीको | मेलम्चीबजारबाट गाडीमा मेलम्ची घ्यांगमा एक रात बसी दोश्रो दिन तार्केघ्यांग गई त्यहाको ह्योल्मो संस्कृति संग रमाउदै तेश्रो दिन करिब ४ घण्टाको हिडाईमा आमा यांग्री पिक जान सकिन्छ | आमायांग्री पिक बाट दोर्जेलाक्पा हिम शृंखलाको दृश्य हेरी शेर्माथांङ पुगेर बास बस्न उपयुक्त हुन्छ | शेर्माथाङबाट अर्को दिन बरुवाबाट भोतांगहुदै टागुखर्क पुग्न सकिन्छ | टागुखर्क बाट अर्को दिन पाच पोखरी र त्यहा बाट फर्किएर नोर्स्यांग बास बसी थाङपालकोटको नागी डाडा हुदै मानेखर्कमा बस्न आइपुगिन्छ | थाङपालकोट मानेखर्कबाट तिपेनी झरेर बसमा मेलम्ची हुदै सोहि दिन काठमाडौं सजिलै आउन सकिने भएकोले यो पदमार्ग समेत पर्यटकीय हिसाबले बिकास गर्दा आन्तरिक तथा बाय्ह पर्यटकले नया अनुभव संगाल्न सक्छन | समय र पैसा हुने हरु पाच पोखरी बाटै गोसाईकुण्ड पनि जान सक्छन|

पाच पोखरीले पर्यटकीय सम्भावना प्रसस्त बोकेको भए पनि उक्त क्षेत्रको बिकास गर्न जरुरि छ | बाटोमा राम्रो होटल , ठाउ ठाउमा सौचालयको ब्यबस्था र प्लास्टिक जन्य सामग्रीको उचित ब्यबस्थापन बेलैमा गरि र ठाउँ ठाउमा खानेपानीको धाराहरु निर्माण गर्नु अति आबस्यक छ | पाचपोखरी डुखाङ मानक युवा क्लब भोतांगले प्रति व्यक्ति २० रुपयाको दरले पैसा उठाए पनि त्यसको प्रभाबकारी ब्यबस्थापन बढाउनु जरुरि छ |  पाचपोखरी थाङपाल गाउपालिकाका अध्यक्ष टासी लामा सहितको टोलि उक्त क्षेत्रको बिकास र प्रबर्द्वन गर्न यो पालि नाग पंचमीमै पुगेको थियो | अध्यक्ष लामा पनि उक्त क्षेत्रको बिकास गर्न अग्रसर भएकोले उक्त ठाउमा बजेट बिनियोजन गरि पूर्वाधार बिकास र प्रचार प्रसार गर्न सके नेपालमा एउटा राम्रो पदमार्ग सहितको पर्यटकीय गन्तब्य थप हुने छ |

के के बोक्ने ?

लेकको बाटो ४२०० मिटरको उचाई र गोठको बसाइ पाचपोखरी जादा राम्रो तयारी गरेर जानु पर्ने हुन्छ | गोठमा बस्नु पर्ने भएको र उपलब्ध कम्बलले नपुग्ने भएकोले स्लीपिंग ब्याग अनिबार्य बोक्नु पर्छ | बाटोमा खानको लागि खासै समस्या नभएपनि अलि अलि ड्राइ फुड बोकेको राम्रो | जुका बाट बच्न सन्चो, भिक्स नुन वा परफ्युम बोक्दा उपयुक्त हुन्छ | रेनकोट वा छाता अनिबार्य चाहिन्छ भने सोलार बत्ति पनि बोक्दा राम्रो | सनग्लास, टोपी, डाउन ज्याकेट, स्क्रिन बोक्दा सहज हुन्छ | बास बस्ने ठाउमा सौचालयको राम्रो ब्यबस्था नभएकोले टोइलेट पेपर र साबुन अनिबार्य बोक्नु पर्छ |

खर्च कति लाग्छ ?

काठमाडौँ बाट भोतांग सम्म गाडी भाडा ३०० रुपया, बाटोमा बास बसेको खाना सहित ५०० रुपया , खाना प्रति छाक २५० रुपया | रक्सि प्रति गिलास ५०-१०० रुपया | चिया २०-३० रुपया | नोर्स्यांग भन्दा माथि मासु लैजान र खान पाउदैन त्यसैले सादा खाना मात्र पाउछ | खाजा १०० रुपयाँ |

 

तस्विर ः रविन दाहाल

 

तपाईको प्रतिक्रिया