धरानमा कांग्रेसकाे जित पक्का छ – तिलक रार्इ (भिडियाे सहित)

सुनसरी / धरानमा यसपटकको निर्वाचनमा जसरी पनि जितेर नेतृत्व आफ्नो पक्षमा ल्याउने कसरतमा लागेको मेयरका उम्मेदवार तिलक राईले बताए । धरानबाट पटकपटक अरु दलले जित्दा जनता सन्तुष्ट नहुदाँ यसपटक काँग्रेसलाई फाइदा पुग्ने उनले जनाए । ‘धरानमा उपमहानगरपालिका र अन्य दलले ल्याएका योजनाप्रति जनताले विश्वास गर्ने वातावरण नभएकाले गर्दा यसपटक काँग्रेसको विकल्प छैन,’ उनले भने । उनका अनुसार, अहिलेसम्म एकीकृत सम्पति कर, बसपार्क, एअरपोर्ट, खानेपानीलगायतका योजना सञ्चालनमा जनता हतोत्साही भएका छन् ।

धरानलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासयी बन्दै गएकाले गर्दा सुधार गर्ने, सुकुम्बासी समस्यालाई पूर्ण रुपमा समाधान गर्ने, सेउती–सर्दुको दोहन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने, केबलकार सञ्चालन गर्नेलगायतका चुनाबी एजेन्डा सुनाए । उनका अनुसार, धरानको अव्यवस्थित बसपार्कलाई व्यवस्थित बनाउनेछ । साथै, धरानको समृद्दि र विकासमा अहोरात्र लाग्ने बताए ।

भिडियाे

तपाईको प्रतिक्रिया