तेह्र बालबालीका स्मृति बिद्यालयको बार्षिकोत्सव सम्पन्न

सुनसरी / एघार बर्ष अगाडी झुम्का नहरमा बिद्यार्थी बोकेर युनिक एकेडेमी झुम्कातर्फ पढ्न जाने क्रममा तेह्र जना बिद्यार्थी को टेम्पु दुर्घटनामा मृत्यु भएको थियो । सोही बालबालीकाको स्मृतिमा सुनसरीको रामधुनि ६ बक्लौरी स्थीत तेह्र बालबालिका स्मृति प्राथमिक बिद्यालय स्थापना भयो । स्थापना भएको शुक्रबार १० बर्ष पुरा भएको छ ।

 
मञ्चको अगाडी दिवंगत भएका १३ जना बिद्यार्थीहरुको फोटो राखिएको थियो,त्यो भन्दा अगाडी बस्ने उपस्थित भएका सबै दर्शक फोटो हेरेर भावुक देखिन्थे । यस्तै थियो बक्लौरीको तेह्र बालबालीका स्मृति बिद्यालयको प्राङ्गणमा शुक्रबार । २०६३ साल बैशाख २६ गत्ते टेम्पो दुर्घटनामा परी दिवंगत भएका बिद्यार्थीहरुको स्मृतिमा स्थापना भएको दश बर्ष पुग्दा बिद्यालयमा बार्षिकोत्सव तथा सम्मान कार्यक्रम गरिएको छ । नेपाल सरकारद्धारा बिद्यालय स्थापना भएपनि कक्षा ५ सम्म रहेको सो बिद्यालयमा सबै बिषय अंग्रेजी माध्यममा पढाइन्छ ।

२०७१ सालमा सुनिल तिम्सिना बिद्यालयमा दरबन्दी भएर जाँदा ६ जना रहेको बिद्यार्थीमा हाल एक सय जनाभन्दा बढी बिद्यार्थी रहेका छन् । सबै बिद्यार्थीहरु निशुल्क अध्ययन गर्छन् । बिद्यार्थीमा लाग्ने खर्च सबै बिद्यालयले नै बेहोर्दै आएको छ । बिद्यार्थीहरुबाट कुनै पनि शुल्क लिइएको छैन । बिद्यालयका प्रध्यानाध्यापक सुनिल तिम्सिनाले कार्यक्रममा बोल्दै हालसम्म नौ जना शिक्षक रहेको र ८ जना शिक्षकहरुलाई चन्दा संकलन गरी ज्यादै न्यून तलब दिने गरेको बताए । बिद्यालयलाई सरकारबाट कुनै पनि सहयोग नभएकाले निजि बिद्यालयकै पद्धतिबाट पढाई हुँने र आँफै बिभिन्न ब्यबसायीसँग सहयोग मागी तलब खुवाउँने बताए ।
सोही कार्यक्रममा बिभिन्न क्षेत्रबाट बिद्यालयमा सहयोग पुर्याउँने ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुँनेमा होटल प्रिमियम स्कुलका सिइओ सुनिलकुमार भुषाल,ऊँ साई ज्वेलर्स तरहराका सञ्चालक जगत लामिछाने,अल्फाबिटाका कार्यकारी अधिकृत सुभाष लुँइटेल,रोट्यार्क क्लब इटहरीका अध्यक्ष विकल पौडेल,न्यून तलब लिएर शिक्षा प्रदान गर्ने बिद्यालयका शिक्षक किरण साह,सुस्मिता ताम्रकार,चन्द्र ब.लिम्बु,लिलम मगर,सुष्मिता श्रेष्ठ,तरहराका समाजसेवी बिष्णु दुलाल,भरत गिरी,काफल्स इटहरीका सन्तोष धमला,सरस्वति कार्की,चन्दा खड्का,राजकुमार कार्की,प्रिति भुजेल,जेनिसा बिक लगायत दुई दर्जन बढीलाई कार्यक्रमका प्रमुख अतिथि जिशिअ खेगेन्द्र सुवेदीले सम्मान गरेका थिए ।
त्यस्तै कार्यक्रममा शुभकामना राख्दै प्याब्सन सुनसरी अध्यक्ष सुमित थापाले एक जना शिक्षकको तलवको पैसा दिने प्रतिबद्धता राखेका थिए । कार्यक्रम जिशिअ खगेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष भिम पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
उपस्थित अन्यले भने बिद्यालयप्रति लगाएको लगाव देखेर प्रशम्सा गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…