हाम्राेबारे

नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्दै देश तथा विश्वमा भएका हरेक घटनाक्रमका बारेमा छिटो, छरितो र ताजा जानकारी दिँदै सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक बन्नु पुर्वेली न्यूज को मुख्य ध्येय हो । पुर्वेली न्यूज झट्ट सुन्दा पुर्वको मात्र सञ्चारमाध्यायम भन्ने लागेपनि हरेक दिनको शुरुवात अर्थात दैनिकी पुर्वबाट उदाउने घामको पुजा अर्चना सँगै शुरु हुने भएका कारण शुभ अर्थात पुर्व भन्ने हाम्रो खास अर्थ हो । जीवनका विविध आयामका विभिन्न रंग समेट्दै बिद्युतिय काँचको पर्दामा इन्द्रधनुष उतार्ने प्रयास स्वरुप २०७१ सालमा पुर्वेली न्यूजको शुरुवात भएको हो ।

पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ । निष्पक्षता पुर्वेली न्यूज को सबैभन्दा विशिष्ट पक्ष हो । पुर्वेली न्यूज समाचारलाई बिज्ञापन सँग सम्झौता नगरी यस बिचको सन्तुलनलाई विशेष महत्व दिने गर्छ । पुर्वेली न्यूज चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ । सूचना, विचार–विमर्श, चिन्तन र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पुर्याउँछ । पुर्वेली न्यूज त्यहि यथार्थलाई प्रस्तुत गर्ने गर्छौ ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा पुर्वेली न्यूज कटिबद्ध छ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मुल मन्त्र हुने छ । पुर्वेली न्यूज आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हो भन्न हिचकिचाउँदैन भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैन । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैन । पुर्वेली न्यूज जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् यहाँहरु समक्ष प्रस्तुत भईरहेका छ । पुर्वेली न्यूज आवाजबिहिनहरुको पक्षमा आवाज बुलन्द गरिरहनेछ । जबसम्म आवाज बिहिनहरुको आवाज दबिरहन्छ ।

OUR TEAM

Suresh Chandra Dahal

Founder / Chairperson

Narendra Basnet

Editor

Govinda Basnet

Sr.Correspondent

Jiwan Majhi

Desk Editor

Sandeep Tamang

Business coordinator

Correspondent

Surendra Bhandari (Jhapa)
Gopal Kafle(Pathari, Morang)
Maniram Dahal(Morang)
Santosh Pukurti (Taplejung)
Jitendra Bhandari (Patchthar)
Prakash Pakshanwa (Terahthum)
Sukhilal Chaudhary (Udayapur)

Country Representative

Lakpa Sange Sherpa – USA
Anoj Rokka – Hongkong