सुदूरपश्चिममा छैनन् सरकारी सर्पदंश उपचार केन्द्र

डोटी / सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो । सरकारले सरकारीस्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका क...

सावधान : तपाईले खाने च्याउमा विष पनि हुन सक्छ

चितवन / मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिनुभयो । अहिले अस्पतालको सघन उप...

आँखाका बिरामीको निःशुल्क शल्यक्रिया

तुलसीपुर / स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको सङ्घले जनाएको छ । आर्थिक अभावक...

पायल्सका बिरामीले यी चिज नखानुस्

पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ। पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस्। धेरै तेलयुक्त र मसालायुक्त भोजन अत्यधिक तेल या मसाला भएको खाना पायल्...

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित विसं २०७२ को भूकम्पले क्षति पु¥याएको स्वास्थ्यचौकी भवन निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई बुधबार नेपाल सरकार प्र...

मिर्गाैला पीडितलाई निर्वाह भत्ता दिइने

इलाम / इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महीनादेखि उपलब्ध गराउने जानकारी दिनुभयो । “साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्य...

आँखा अस्पतालमा नयाँ उपकरणबाट जलविन्दुको उपचार

काठमाडौँ / त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले जलविन्दुको उपचार गर्न नेपालमै पहिलो पटक उच्च प्रविधिको उपकरणबाट सेवा प्रवाह गर्न थालेको छ । सो उपकरणबाट आँखा उपचार गराउँदा आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको चिकित्सकले बताएका छन् । ‘सुप्रा ८१० इनफ्रेर्ड लेजर’ नामक उक्त उपकरणले जलविन्दुको मात्र नभई...

नयाँ स्वास्थ्य नीति सार्वजानिक, के छ त नीतिमा

संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ । सङ्घीय संरचनाअनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार, सबै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार, सहज पहुँच सुनिश्चित, अति सीमान्तक...

सर्पदंश उपचारको केन्द्र बन्दै भरतपुर अस्पताल

चितवन / आइतबार साँझ भरतपुर अस्पतालको आकस्मिक कक्षमा ११ जना सर्पले डसेका बिरामी उपचारका लागि आएका थिए । हिजोआज दैनिकजसो उक्त सङ्ख्यामा बिरामी अस्पताल आउने गर्दछन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती ११ जना बिरामीमध्ये छ चितवनका, दुई नवलपरासीका, दुई मकवानपुरका र एक जना लमजुङका हुन् । अन्य समयमा बारा, पर्सा, धादिङ, रुपन्देही, तनहुँ, ग...

बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु

बलेवा / बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आउनुभएको छ । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गर...