प्रदेश नं २ कोरोना सङ्क्रमणको उच्च जोखिममा

जनकपुर / प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आपूmलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणमा निरन्तर वृद्धि भइरहेको द...

अन्त्येष्टिका लागि शव जिम्मा नलिँदा कोरोना फैलिने जोखिम ट-यो

विराटनगर / मोरङको रंगेली नगरपालिका–८ दर्वेसाका ४५ वर्षीय पुरुषको शव दाहसंस्कारका लागि विराटनगरको कोशी अस्पतालले आफन्त र परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी गरको थियो । बुधबार बिहान ओछ्यानबाट उठेको केही बेरमै अचानक श्वास फेर्न गाह्रो भएपछि वडाअध्यक्ष ढकप्रसाद आचार्यको पहलमा केही युवाले एम्बुलेन्समा राखेर उनलाई उपचारका लागि अस्पताल ल्याए । तर अस्पत...

अझै रोकिएन जातीय भेदभाव र छुवाछूत

काठमाडौँ / जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु भएको जागरण मिडिया सेन्टरले जनाएको छ । सेन्टरका अनुसार अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकको अकालमा मृत्यु भयो । त्यसैगरी रुपन्देहीकी अङ्गिरा पासीको बल...

वीरगञ्जमा कोरोनाका कारण थप २ को मृत्यु

वीरगञ्ज । कोरोनाका कारण वीरगञ्जमा बिहीबार थप २ जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत ५७ वर्षीय पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको हो । बिहीबार विहान मृत्यु भएका उनको कोरोना पोजेटिभ देखिएको नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । मृतक पुरुषको नारायाणी अस्पतालमा स्वाब परीक्षण गरिएको थ...

आज निवेदन, भोलि मात्रै पास

काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । प्राप्त विवरणअनुसार आज मात्रै म...

अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्...

लेबनान विस्फोटमा नेपाली सकुशल

काठमाडौँ / लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका ...

मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम

भक्तपुर / भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्थ...

यातायातमा फेरि जोरबिजोर प्रणाली

काठमाडौँ / मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो । जोर गते जोर नम्बरका गाडी स...

अमेरिकाको त्याे ज्यानमारा ताल, जसले लियाे ५ जना नेपालीको ज्यान

एजेन्सी / अमेरिकामा यसबर्षको समर सुरु भइसकेपछि तालमा डूबेर ५ जना नेपालीको मृत्यु भएको छ । माछा मार्न, बोटिङ वा पौडन गएको बेलामा उनीहरुको मृत्यु भएको हो । पछिल्लो पटक गत शनिबार मिनेसोटामा तालमा डूबेर २४ बर्षीय युवा आशुतोष दाहालको मृत्यु भएको छ । बिराटनगरका दाहालले हालै सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट ग्रयाजुएट गरेका थिए । शनिबार बेलुका पौने ...