सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

बाजुरा, ८ चैत । जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ । पौडेलले एक विद्यालयको खेल मैदान बनाउनका लागि रु तीन ल...

परीक्षाफल प्रकाशित

काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी व...

झापामा जुडोको विद्यालय बन्दै

झापा, ७ चैत । झापामा रु १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ । कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गर्नुभयो । जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन् । विद्यालयमा चार सय ...

एसइई परीक्षाको अनुगमन

भक्तपुर, ६ चैत । चैत्त ३ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा(एसइई) सञ्चालन भएका यहाँका विद्यालयमा आज शिक्षा राज्यमन्त्री धनमाया विकसहितको टोलीले अनुगमन गरेको छ । राज्यमन्त्री विकले एभरेस्ट मावि, मेधा मावि, शान्ति निकेतन मावि र चाणक्य मावि, सचिव शान्तबहादुर श्रेष्ठले आदर्श मावि सानोठिमी र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले खरिपाटीस्थि...

निर्माण सम्पन्न भएको वर्षदिन नहुदै झापामा एक बिद्यालयकाे पर्खाल भत्कियाे

बिर्तामोड । झापाको एक सामुदायिक विद्यालयमा निर्माण गरिएको पर्खाल निर्माण सम्पन्न भएको वर्षदिन बित्न नपाउँदै भत्किएको छ । साविक चकचकी गाविस हाल वाह्रदशी गाउँपालिकाको फूलवारीमा रहेको फूलवारी माध्यमिक विद्यालयको खेल मैदानको पर्खाल निर्माण सम्पन्न भएको ८ महिना बित्न नपाउँदै भत्किएको हो । गत वर्ष निर्माण गरिएको पर्खाल चार ठाउँमा भत्किएको छ । खेल मैदानक...

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

खोटाङ, ५ चैत । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् । शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष र...

बुटवलमा शैक्षिक मेला

तिलोत्तमा, ४ चैत । बुटवलमा वृहत शैक्षिक मेला सुरु भएको छ । विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आजदेखि सो मेला सुरु भएको हो । वान अप प्रालि काठमाडाँैको आयोजनामा मेला आयोजना गरिएको हो । सो मेलामा देशका २५ वटा प्रतिष्ठित कन्सलटेन्सी, ४१ वटा कक्ष रहने आयोजक वान अप प्रालिका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिनुभयो । यसअघि काठ...

सुस्तःश्रवण भएका नौजना विद्यार्थी एसइईमा सहभागी

झापा, ४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाबाट सुस्तःश्रवण भएका र दृष्टिविहीन गरी नौजना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । सरस्वती मावि केन्द्रबाट सुस्तःश्रवण भएका नौजना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । सुरुङ्गाको कनकाई माविमा अध्ययनरत उनीहरुले यो परीक्षा केन्द्रबाट परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय, झापाले जनाएको छ । रासस

दुई सय उनन्चालीस विद्यार्थी परीक्षा दिनबाट वञ्चित

बैतडी, ४ चैत । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेको र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शङ्करदत्त जोशीले जानकारी दिनुभयो । यो वर्ष बैतड...

महोत्तरीमा ४४ विद्यार्थी निष्कासित

गौशाला, ४ चैत । देशभरि नै सुरु भएको माध्यमिक शिक्षा परीक्षाअन्तर्गत महोत्तरी जिल्लामा बिहीबार भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा ४४ जना विद्यार्थी निष्कासित भएका छन् । प्रजिअ वीरेन्द्र यादवको नेतृत्वमा गएको अनुगमन टोलीले एसइई परीक्षा दिने क्रममा चिट चोरेको आरोपमा ११ छात्र र ३३ छात्रा गरी जम्मा ४४ जना विद्यार्थीलाई निष्कासन गरेक...