त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

काठमाडाँै /त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ । त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो । बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्...

सरकारी सुविधा लिनेले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

बाजुरा / बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो । सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो । निर्णयसँगै य...

तेह्रथुम पूर्णसाक्षर जिल्ला घोषित

तेह्रथुम / प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गरेको हो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ दशमलव ९८ प्रतिशत नागरिक स...

बेल्जियममा नेपाली पाठशाला : ३५ बालबालिकाले सिक्दैछन् कखरा

पोर्चुगल /  युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो । बेल्जियममा जन्मेका र हुर...

विद्यालयमा शिक्षक नहुँदा गुणस्तरमा ह्रास

कविलवस्तु/सामुदायिक विद्यालय सुधार्न सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम लागू गरे पनि जिल्लामा १०० भन्दा बढी विद्यालयमा शिक्षक दरबन्दी नहुँदा शैक्षिक गुणस्तर प्रभावित बनेको छ । जिल्लाका ४३१ सामुदायिक विद्यालयमध्ये प्राथमिक तहमा १००, आधारभूत तहमा ५५ र माध्यमिक तहमा १७ गरी कूल १६७ शिक्षक दरबन्दी अपुग देखिएको छ । माथिल्लो तहमा शिक्षक अभाव हुँद...

एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर / कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ ...

परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित

राजविराज / माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट दुईजना निर...