त्यो साँझ ८ बजेको कल…

टिंग … टिंग … मोबाइलमा घन्टी बज्यो करिब ८ बजे राति । Contact भन्दा बाहिरको थियो, एकछिन सोँचे उठाउ कि नाई घन्टी एकनास नै बजेकोले उठाउन बाध्य भए । हेल्लोको अपेक्षा थियो, तर कान नै झनन्न हुने गरि आवाज आयो ‘ओइ तलाई लाज कत्ति पनि छैन है’ हत्त न पत्त आफ्नो जिउ हेरें ऐनामा । अनि एक नजर झ्यालमा कतै म लुगा खोलेर त बसिन भनेर लुगा जिउ मै पाए मन केहि ढुक्क भय...

कथा : रातो पोते

‘ई......! के गरेको त्यस्तो ?’ उनी एकदम चिच्याइन्, मानौँ उनको भुँडीमै मैले कुनै धारिलो हतियारले घोचेको थिएँ । ‘किन र बहिनी ? के गरेँ र मैले ?’ म पनि हडबडाएँ उनको चित्कारले । ‘किन फोटो खिचेको त्यस्तो अपशकुनको ?’ कालीगण्डकी रिडीघाटको सफा बगरमा फालिएको त्यो रातो सुन्दर पोतेले सुखद सन्देश दिने कुरै थिएन । कुनै आलो वैधव्यको सङ्केत थियो त्यो । हिजो...

स्वतन्त्र नारी

अप्तोपुरुष भन्दछन्, हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो | हाम्रो शरीर पनि शुक्र र शोणीतको मिलनले बनेको हुन्छ, वैज्ञानिक यही भन्दछन् | हाम्रो संस्कारमा पनि अदियोगी शिवलाई अर्दनारी को संज्ञा दिईएको छ | भनिन्छ, पुरुष उर्जा पुरुषार्थको प्रतिक हो, बल, पराक्रम, आक्रोश र विध्वंसको प्रतिक हो, र महिला उर्जा सृस्टि, रचना, धैर्य र प्रेम को | ...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र समेट्नुपर्ने विषय

विभिन्न अवसरमा मनाइने दिवसहरु विकासे कार्यकर्ता,सरकारी तथा गैर सरकारी संघ संस्थाका लागि निकै ठुलो चाड बनेर आउछन । तामझामका साथ । नजिकिदै गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात नारी दिवस ले पनि शताव्दिको इतिहाँस बोकेको छ । यस वर्ष १०७ औं नारी दिवस मनाउदै छौं । विषेशगरि महिला अधिकार प्राप्तिको आन्दोलनमा भएका योगदानको सम्मान र सम्झनामा यो दिवस...

काठमाडौंमा एउटा घर ! संस्मरण

काठमाण्डौंमा घर बनाउनलाई जग खन्दै गर्दा थुप्रै कुराहरू आँखामा झल्झल्ति आए । जागीर खान कार्यालयको ढोका-ढोका चहारेको सम्झें ।खालि गोजी सम्झें । संघर्ष सम्झें । भोक सम्झें । धोका सम्झें   । बेवास्ता सम्झें । अभाव सम्झें। आमाबाबुलाई सम्झें ।काठमाडौंमा धूलो खाँदै हिंडेको सम्झें । सोच्थें यो घरहरूको लहरमा मेरो पनि घर भइदिए । हुन त मभन्दा धेरै अघि साथीहर...

एकल कविता वाचनमा नरेश काङमाङ

फागुन १३ / सुनसरी । युद्धकविको पहिचान बनाएका नरेश काङमाङ राईले शुक्रबार सुनसरीको भरौलमा युद्धकविता बाचन गरेर स्थानियको मन जिते । ........उनको आँखावाट बगीरहेको आँशुको नदी पुछिदिँदै म भाकभुक भएर झोला टिप्छु उनी भक्कानिँदै दुईहातले बेस्सरी मेरो कम्मर कस्छे निकै बाँकी छ उज्यालो हुन मस्त निदाइरहेको छ छोरो बत्तीमा झुम्मिइरहेका छन् किराहरु कोही घ...

६ बर्षीया बहिनी सितालार्इ दाइकाे मार्मिक पत्र – तिमिलार्इ बलात्कार गरी मार्ने अपराधी भिम किरा परी मर्नेछ …

सिता अधिकारी मेरी फुपु दिदीकि छोरी हुन नाताले बहिनि, शोभाखर अधिकारी सिताको बुवा वा मेरो फुपाजु । अर्घाखाँचि को सिद्धारा गाविस वडा नं.७ छहरे बाट बसाईसराइ गरी कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर आउनु भएका शोभाखर अधिकारी घर बाट छुट्टिएर विगत केहि वर्ष यता आफनो परिवार लिएर शिवराज नगरपालिका १० चन्द्रौटामा कोठा भाडामा लिएर बस्दै आउनु भएको छ । उहाँको पर...

नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराईलाई खुल्ला पत्र

सम्माननिय नंया शक्ति नेपालका सम्योजक ज्यू आज म तपाईंलाई खुल्ला पत्र लेख्न बाध्य भएको छु । आसा छ यसलाई अन्यथा लिनु हुन्न होला । मलाई थाहा छ म सानै छदा २०५२ सालमा जब माओवादी आन्दोलनको सुरुवात भयो त्यस पछिमात्र मैले बाबुराम भट्टराई भन्ने नाम मेरो कानमा परेको थियो । त्यो ताका म सानै भएता पनि को होलान त बाबुराम भन्ने मेरो मनमा खेलिरहेको थियो बिस्तार...

इटहरी काब्यबाटिकामा प्रेमका कविता वाचन

सुनसरी / के बृद्ध के युवा । न त युवालाई मात्र आउँछ प्रेम दिवस न त बृद्धलाई मात्र । एकदिन मात्र हैन प्रेम दिवस हरदिन आउँछ । हो यस्तै प्रमाणित भएको छ मंगलबार इटहरीको एक कार्यक्रममा । काब्यबाटिका युवा परिषद् नेपालको संयोजनमा भएको उन्मुक्त प्रेम कवितामा इटहरी धरान झुम्का लगायतका बिभिन्न स्थानका मानिसहरुको बाक्लो उपस्थििति रहेको थियो । जहाँ सोह्र बर्षे ...

यौनकर्मी महिला : छोडौँ बाँच्ने आधार छैन, रोजौँ मन खुशी छैन

सूर्यले थानकोटको उकालो चढ्दै छ । दिउँसो तितरवितर मान्छे विस्तारै बाक्लिैदै छन् । रत्पपार्कको पश्चिम वीर अस्पतालको अगाडी सडक पेटीमा ठेलम-ठेलको अवस्था छ । मंसिरको चिसो बढ्दैछ मान्छेहरु जीउ न्यानो पार्न घामसँगै सर्न खोजीरहेका छन् । त्यही भीडमा निलो कुर्ता सुरुवाल लगाएकी अन्दाजी २८ बर्षकी युवतिले भने छाता ओडेकी छन् । यस्तो जाडोमा छाता ? मलाई अचम्म लाग्...