प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्दै

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्...

सुनसरी गाेली काण्ड : पहिचान गरेर गोली हानेको खुलासा

इनरुवा / बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पह...

चालक आन्दोलित हुँदा यात्रु अलपत्र

नेपालगञ्ज / सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं ५ र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण तीन दिनदेखि नेपालगञ्जमा अलपत्र परेका हुन् । नेपालगञ्ज बसपार्कमा बस चल्ने आशामा यात्रु दिनभर धाउने गरेका छन् । बस सञ्चा...

मुस्लिम अगुवाहरुले भने ‘गृहमन्त्री नआएसम्म शव उठ्दैन’

इटहरी । सुनसरीमा गोली प्रहार गरि हत्या गरिएका खुर्शिद आलमको बिषयमा गृह मन्त्री रामबहादुर थापालाई मुस्लिम अगुवाहरुले जानकारी गराएका छन् । काठमाण्डौ स्थित मुस्लिम समुदायका नेता तथा ओलमाहरूले थापालाई भेटेर घटनाबारे जानकारी गराउँदै हत्यारालाई समातेर कानूनी कारवाही गर्न र उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेका हुन् । पुर्व सांसद तथा मन्त्री ...

सुनसरी गाेली काण्ड : घाइते प्रहरी जवानको बीपी प्रतिष्ठानमा उपचार हुँदै (तस्विर तथा भिडियाे)

धरान / सुनसरीको हरिनगर गाउपालिका २ मा गोली लागी घाइते भएका प्रहरी जवान शिवलाल पौडेलको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दाहिने खुट्टा र दाहिने कम्मरमा एक एक गोली लागेका उनको इनरुवाको सुनसरी जिल्ला अस्पतालामा प्राथमिक उपचारपश्चात धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएको हो ।  घाइ...

अपडेट : गोली प्रहार गरी प्रधानाध्यापकको हत्या पश्चात प्रशासन बिरुद्ध स्थानियहरु आन्दोलित, स्थिति तनावग्रस्त (तस्विरहरू सहित)

इटहरी । सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरि हत्या गरिएका ५१ बर्षिय खुर्शिद आलम प्रधानाध्यापक भएको बताइएको छ । उनि भुटाहाको रेयान नेशनल पब्लिकका प्रधानाध्यापक हुन । उनलाई सोही बिद्यालय नजिकको चिया पसलमा भारतिय नंम्बरको मोटरसाइलमा आएका ४ जनाको समुहले गोली प्रहार गरी फरार भएका थिए । आलमलाई दुई गोली प्रहार गरिएको स्थानियले बताएका छन् । उनको...

सुनसरीमा गोली चल्यो : एक जनाको मृत्यु एक घाइते

इनरुवा । सुनसरीको हरिनगर गाउँपालीकामा गोलि चल्दा एकजनाको ज्यान गएको छ भने एक जना प्रहरी घाइते भएको स्थानीयहरु बताएका छन् । स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो भने प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका हुन । उनलाई उपचारको लागि बिराटनगरको एक...

अाज तेस्राे दिनपनि चालकको आन्दोलनका कारण यातायात ठप्प, हजाराै यात्रुहरू मार्कामा

सुनसरी / नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको  आन्दोलनका कारण अाज तेस्राे दिन पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प रहेकाे छ  । सरकारद्वारा जारी गरिएकाे सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै हिजाे मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।  जारी गरिएकाे ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम...

कर्णालीका मुख्यमन्त्री चीन प्रस्थान

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित आज चीन प्रस्थान गर्नुभएको छ । मुख्यमन्त्री शाहीले पहिलो पटक औपचारिक विदेश भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य धर्मराज रेग्मी र प्रदेश सरकारका विज्ञ प्रा डा पुण्यप्रसाद रेग्मीसहित उहाँ...

संविधान दिवसले छोएन प्रदेश २ सरकारलाई, मुख्यमन्त्री पनि मौन बसे

जनकपुरधाम / असोज ३ गते मुलुकमा संघीय गणतान्त्रिक संविधान जारी भएको दिनको सम्झनामा देशभर संविधान दिवस मनाईरहँदा प्रदेश नम्बर २ मा खासै उत्साह देखिएन् । संघीय सरकारले राष्ट्र दिवस तथा संविधान दिवस धुमधामका साथ मनाउन सार्वजनिक विदा दिएर मातहतका कार्यालयलाई उत्साहका साथ मनाउन निर्देशन दिएपनि प्रदेश २ मा संविधान दिवस नै मनाइएन । संविधान प्रति असु...