प्रहरी जवान छनौट

चितवनको भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा प्रहरी जवान भर्नाका लागि छनौट गरिँदै । तस्बिरः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

जोखिम मोलेर खोला तर्दै

पुल नहुँदा वर्षाको भेलमा जोखिम मोलेर रुकुमको मुसिकोट–११ मा प्रितिबाङ्ग खोला तर्दै सवारी साधन । तस्बिर : लोकेन्द्र खनाल, रुकुम, रासस

स्वास्थ्य स्वयम्सेविकालाई साइकल

झापाको वाह्रदशी गाउँपालिका राजगढ इलाका स्वास्थ्य चौकीका दस जना महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गरेको साइकलको साथमा अध्यक्ष खड्गप्रसाद राजवंशी । तस्बिर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

तटवन्ध निर्माण

बर्षाका कारण महाकाली नदीमा आएको पानीको वहावले तटवन्ध भत्काउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी नदी कटान नियन्त्रणका लागि बिहीबार अस्थायी तटवन्ध निर्माण गर्दै । तस्बिरः शेरबहादुर सिंह,भीमदत्तनगर, रासस

ठेलामा राखेर काँक्रा बिक्री

इलाममा ठेलामा राखेर काँक्रा बिक्री गर्दै वृद्ध व्यापारी । तस्बिर : सुरेन्द्र भण्डारी/ झापा, रासस

हाते ट्र्याक्टर

खेतमा हाते ट्र्याक्टरको प्रयोग गरी रोपाइँको तयारी गर्दै गोरखा सदरमुकामको खोलखोलेका किसान । पछिल्लो समयमा खेत जोत्न गोरुको सट्टा ट्र्याक्टरको प्रयोग बढेको छ । तस्बिर : प्रशन्न पोखरेल, गोरखा÷रासस

निर्माणाधीन जयराम पुल

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीको जयरामघाटमा निर्माणाधीन पक्की पुल । पुलमा अहिले स्टील ट्रष्ट जडानको काम भइरहेको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस

खुसी मनाउँदै

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको बङ्गलादेश र नेपालबीचको मैत्रीपूर्ण खेलमा गोल गरेपछि खुसी मनाउँदै नेपाली टोली । खेल नेपालले १–० ले जितेको छ । तस्बिर सौजन्य : एन्फा÷रासस

गौरचनमा परिणत बनेको विमानस्थल

गौरचनमा परिणत बनेको कञ्चनपुरको भीमदत्तनगरस्थित मझँगाँउ विमानस्थल । सो विमानस्थल करिब डेढ दशकदेखि सञ्चालनविहीन बनेको छ । तस्बीरः शेरबहादुर सिंह, भीमदत्तनगर,रासस

बाढीमा जोखिम मोलेर गन्तव्यतर्फ जाँदै स्थानीयवासी

दाङको घोराही तुलसीपुर सडक खण्डको गुहार खोलामा आइतबार आएको बाढीले दिनभर यातायात अवरुद्ध भएपछि जोखिम मोलेर आफ्नो गन्तव्यतर्फ जादै स्थानीयवासी । तस्बिरः बालाराम खड्का, दाङ, रासस