पुल निर्माण गर्दै सेना

ठुलीभेरी नगरपालिकास्थित तिप्ला खोलामा आएको बाढीले काठेपुल भत्काएपछि सर्वसाधारणलाई सदरमुकाम दुनैबाट उपल्लो डोल्पा आवतजावतमा समस्या भएकाले तटबन्धनसहित काठेपुल पुनःनिर्माण गर्दै सेना । तस्बिरः रामचन्द्र न्यौपाने, डोल्पा, रासस

तमोर पुल

मध्यपहाडी लोकमार्ग अन्तर्गत तमोर नदीमा बनेको पाँचथरको फिदिमसँग तेह्रथुमको आठराईलाई जोड्ने पक्की पुल । पुल बनेपछि यहाँको कृषि उत्पादनको निकासी गर्न तथा अत्यावश्यक बस्तुको आयातका लागि सहज भएको छ । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस

बीउ निकाल्दै

कञ्चनपुरको पिपलाडीका किसान धान रोपाइँका लागि बीउ निकाल्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

अदुवा विक्री नभएपछि किसान मर्कामा

धरानको किसानघारामा उत्पादन गरिएका अदुवा विक्री नभएपछि कृषि उपज केन्द्रमा कुहिन लाग्दै । तस्बिर : याम प्रधान, इटहरी, रासस

जामुनखाडी सिमसार क्षेत्रमा मयुर

झापाको कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा पालिएको मयुर । यहाँ दुर्लभ वन्यजन्तु संरक्षण गरिएको छ । तस्बिर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

काठको पुल भाँचिदा एकको मृत्यु

जाजरकोट त्रिवेणी नलगाड–३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु सोमबार साँझ भएको छ । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस

कटहर

काभ्रेपलाञ्चोक जिल्लाको बनेपास्थित चाँदनीचोकमा बिक्रीका लागि राखिएको कटहर । तस्बिर : पेमा लामा, काभ्रे, रासस

पिण्डेश्वर बाबाधाममा जल चढाउन पालो कुर्दै भक्तजन

पिण्डेश्वर बाबाधाम धरानमा साउनको पहिलो सोमबार जल चढाउनका लागि मन्दिरमा पालो कुर्दै बोलबमका भक्तजन । तस्बिर : याम प्रधान, इटहरी,रासस

बाढीले छत्तिवने खोलाको पुल बगाएको

रामेछापको लिखु गाउँपालिका-६ खिम्तीस्थित छतिवन टोलमा शनिबार राति आएको बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । तस्बिरः गोकर्णप्रसाद भण्डारी, चरिकोट, रासस

हरियो चुराको व्यापार वृद्धि

साउन महिना शुरु भएसँगै राजधानीमा हरियो रङका चुरा र पोतेको किनबेच बढ्दै । हिन्दू नारीले साउन महिनाभर हरियो चुरा र पोते लगाउने गर्छन् । तस्बिर : प्रदीपराज वन्त, रासस