खुसी मनाउँदै

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको बङ्गलादेश र नेपालबीचको मैत्रीपूर्ण खेलमा गोल गरेपछि खुसी मनाउँदै नेपाली टोली । खेल नेपालले १–० ले जितेको छ । तस्बिर सौजन्य : एन्फा÷रासस

गौरचनमा परिणत बनेको विमानस्थल

गौरचनमा परिणत बनेको कञ्चनपुरको भीमदत्तनगरस्थित मझँगाँउ विमानस्थल । सो विमानस्थल करिब डेढ दशकदेखि सञ्चालनविहीन बनेको छ । तस्बीरः शेरबहादुर सिंह, भीमदत्तनगर,रासस

बाढीमा जोखिम मोलेर गन्तव्यतर्फ जाँदै स्थानीयवासी

दाङको घोराही तुलसीपुर सडक खण्डको गुहार खोलामा आइतबार आएको बाढीले दिनभर यातायात अवरुद्ध भएपछि जोखिम मोलेर आफ्नो गन्तव्यतर्फ जादै स्थानीयवासी । तस्बिरः बालाराम खड्का, दाङ, रासस

पुनःनिर्माण गरिएको रयाले गाउँ

भूकम्पपछि पुनःनिर्माण गरिएको काभ्रेपलाञ्चोकको पनौति नगरपालिका १ स्थित तामाङ समुदायको रयाले गाउँ । तस्बिर : मीना घोरसाइने, काभ्रे, रासस

कालीगण्डकीमा बेनीको फोहोर विसर्जन

म्याग्दीको बेनी–गलेश्वर सडक खण्डमा धार्मिक महत्वको शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा बेनी बजारको फोहोर विसर्जन गरिदै । तस्बिर : धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस

बागमती सरसफाइ अभियान

काठमाडौँको थापाथलीमा बागमती सरसफाइ अभियानमा शनिबार सहभागी हुँदै प्रहरी तथा सर्वसाधारण । तस्बिर : रोशन सापकोटा, रासस

हेर्दा हेर्दै यसरी पल्टिएको थियो बैतडीमा यात्रुबाहक बस

महाकाली राजमार्गअन्तर्गत बैतडीको धरमघरमा शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको यात्रुवाहक बस । तस्बिरः विनोद सिंह विष्ट,बैतडी,रासस

निशान ल्याउने क्रममा

सुरक्षाको कारण देखाउँदै १५ वर्षअघि इलामबाट काठमाण्डौं लगिएको निशान पुनः इलाममा ल्याउने क्रममा इलामको ठूलो टुंडिखेलमा सेनाको टोली । नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगको प्रमाणको Âरूपमा रहेको निशान २०५९ साल वैशाख २६ गते सुरक्षाको कारण देखाउँदै श्रीनाथ पल्टनले काठमाण्डौं लगेको थियो । तस्बिर : रासस

भेडियामा भत्केको तटबन्धस्थल

सप्तरीको तिरहुत गाउँपालिका भेडियामा भत्केको तटबन्धस्थलको शुक्रबार पुनःनिर्माण गर्दै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी । तस्बिर : रोशन सापकोटा, रासस

लिचीको व्यापार

खोटाङको दिक्तेलस्थित हाटडाँडामा बुधबार लागेको हटियामा लिची बेच्न ग्राहकको पर्खाइमा बस्दै महिला । तस्बिर : केदार मगर, खोटाङ, रासस