लमजुङको मनमोहक पर्यटकिय सिउरुङ गाउँ

लमजुङको मनमोहक पर्यटकिय सिउरुङ गाउँ । समुन्द्री सतहदेखि एकहजार आठसय ५४ मिटर उचाईमा अवस्थित पर्यटकिय गाउँ सिउरुङमा बार्षिक करिव चारहजार आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । तस्विर :  सन्देश पौडेल, लमजुङ

जिम्बु सुकाउँदै महिला

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा महिला जङ्गलबाट संकलन गरेर ल्याएको जिम्बु सुकाउँदै । हिमाली क्षेत्रको जङ्गलमा पाइने जिम्बु सङ्कलन गरेर स्थानीय बासिन्दाले राम्रो आम्दानी गर्दै आएका छन । तस्बिरः सन्तोष गौतम, म्याग्दी

मदिरा नष्ट गर्दै

बेसीशहरका विभिन्न स्थानबाट जफत गरेको अवैध घरेलु मदिरा नष्ट गर्दै प्रहरी । सदरमुकाम बेसीशहरबाट जफत गरिएको ४० लिटर मदिरा र चारसय लिटर कच्चा पदार्थ नष्ट गरेको हो । तस्विर : सन्देश पौडेल

रसुवागढी सडकको कार्य तीव्र गतिमा (तस्विरहरू)

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडकको स्तरोन्नतीका लागि नुवाकोटको रातमाटेमा काम गर्दै मजदुर । रसुवागढी नाका जोड्ने यो सडकको विस्तार गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । तस्बिर : नवदीप श्रेष्ठ, नुवाकोट

कहिले बन्ला माईखोलाको पुल ?

इलामको दक्षिणी दानाबारी र महमाई जोड्ने माईखोला पुल । पाँच वर्षदेखि निर्माणाधीन पक्की पुल सम्पन्न नहुँदा बर्षायाममा यहाँका स्थानीयवासी डुंगाबाट आवतजावत गर्न बाध्य छन् । तस्बिर : यज्ञराज आङदेम्बे, झापा

च्याउबाटै लाखौं कमाउँछन् नरेन्द्र

च्याउ टिपेर बेच्न बजार लैजाने तयारी गर्दै ताप्लेजुङ फुङलिङका कृषक नरेन्द्र मादेन । जग्गा भाडामा लिएर च्याउखेती गर्दै आएका मादेनले च्याउ खेतीबाट वार्षिक लाखौँको कमाई गर्दै आएका छन् । तस्बिर : सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस

तमाखु तान्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिका नयाँ कटानकी थारु महिला चिलिममा तमाखु तान्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

१०८ फिटको उत्तररामेश्वर ज्योतिर्लिङ्घ

कैलालीको धनगढी उपमहानगरपालिका - ४ स्थित १०८ फिटको उत्तररामेश्वर ज्योतिर्लिङ्घ धाम । धाम वरिपरि १०८ गौमुखी धारा रहेको छ । तस्वीर : रत्न श्रेष्ठ

घरमै सुरक्षा भत्ता

  घरमै पुगेर स्थानीयलाई सामाजिक सुरक्षा भत्ता दिदै वडा सचिव भानुभक्त श्रेष्ठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा न. ६, साविकको लेलेप गाविसमा वडा सचिवले घरमै पुगेर भत्ता दिए पछि स्थानीय खुसी भएका छन् । तस्विर – सन्तोष पुर्कुटी