लिचीको व्यापार

खोटाङको दिक्तेलस्थित हाटडाँडामा बुधबार लागेको हटियामा लिची बेच्न ग्राहकको पर्खाइमा बस्दै महिला । तस्बिर : केदार मगर, खोटाङ, रासस

धान रोपाइ

धान रोपाइ गर्दै मध्यपुर थिमिका किसान परिवार । खेतियोग्य जमिनमा घरनिर्माण हुँदा यहाँ किसानहरु मर्कामा परेका छन् । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

गिटी कुटेर जीवनयापन

गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईका ६८ वर्षीय वृद्ध खिमबहादुर नेपाली दैनिक गिटी कुटेर जीवनयापन गर्दै । तस्बिर : कौरव खत्री, गुल्मी, रासस

ग्राहकको प्रतिक्षामा

दुहवी बजारको मुख्य चोकको सडकमा आँप बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसेका व्यापारीहरु । आँपलाई फलफूलको राजा मानिन्छ । तस्बिर : याम प्रधान, इटहरी, रासस

अबरुद्ध सडक

अबिरल बर्षाको कारण बेनी–दरबाङ सडक खण्ड सिमलचौरको कस्केरीमा खसेको बाढी पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । यस सडक खण्ड विभिन्न ठाउँको पहिरोले यातायात अबरुद्ध हुँदै आएको छ । तस्बिरः कमल खत्री, म्याग्दी,रासस

कृषि गाउँमा रोपाइँ

बागलुङ नगरपालिका–३ स्थित कृषि गाउँको खेतमा रोपाइँ गर्दै किसान । यहाँ हालसम्म ३५ प्रतिशत रोपाइँ सकिएको छ । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस

मालीकाको स्लेट ढुङ्गा

म्याग्दीको मालीका गाउँपालिका २ रुमको खानीबाट निकालेर बजार पठाउन सङ्कलन गरिएको स्लेट ढुङ्गा । घर छाउन र भुइँमा बिछ्याउन प्रयोग हुने स्लेट ढुङ्गा यहाँको आयस्रोत रहेको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

गोरखामा १० प्रतिशत रोपाइँ

गोरखाको सिरानचोक ६ गाँखुको महटारस्थित दरौंदी फाँटमा रोपाइँका लागि बीउ काढ्दै महिला । गोरखामा अहिलेसम्म १० प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस

चितवन राष्ट्रिय निकुञ्जमा गोही

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा रहेको घडियाल गोही । यहाँका गोहीका बच्चाहरु एक बर्ष नपुग्दै मर्ने थालेपछि अनुसन्धान थालिएको छ । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

कृषक हिलो छ्याप्ने होडबाजीमा

बागलुङ नगरपालिका–३ कृषि गाउँका किसान धान दिवसका अवसरमा एक आपसमा हिलो छ्यापेर रमाइलो गर्दै । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस