चालु आर्थिक बर्षमा खुम्बुमा ४५ हजार पर्यटक

सोलुखुम्बु / चालु आर्थिक बर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार पिक सिजन र आरोहण सिजनमा गरि ४४ हजार ४५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् । यो संख्या गएको साउन देखि चैतसम्मको तथ्यांक हो । वितेको ९ महिनामध्ये कात्तिक महिनामा सबैभन्दा बढि १२ हजार ८८६ जना पर्यटक खुम्बु क्षेत...

आरोहीको ओहिरो : ४८ करोड बढी रोयल्टी

काठमाडौँ / यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल ...

नयाँ बर्षको पहिलो दिन बेतनामा ९ हजार बढी पर्यटक

बेलबारी । नयाँ बर्षको पहिलो दिन आईतबार मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा ९ हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन । आईतबार बेलुका ५.३० बजेसम्ममा बेतना सिमसारमा ७ हजार ३ सय टिकट बिक्रि भएको छ भने उपभोत्ता कार्ड मार्फत २ हजार बढी आन्तरिक पर्यटक बेतना सिमसार क्षेत्रमा नयाँ बर्ष मनाउन र अबलोकन गर्न भित्रिएको बेतना सिमसार सामुदायिक बन ...

नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा

भरतपुर / चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । “करीब करीब २५÷३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भन्नुभयो, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेप...

नयाँ वर्षमा पर्यटकिय र धार्मिक हिसावले पुग्नै पर्ने रौता र ताप्ली पोखरी ( १५ तस्विरहरू)

उदयपुर / उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । पर्यटकिय तथा धार्मिक हिसावले नयाँ वर्षको दिन शहर बजारका साथै गाउँ गाउँबाट उक्त दुई पोखरीमा रमाउन युवा युवतीहरुको लर्को लाग्ने गरेको छ । जिल्लाका अधिकांश नयाँ वर्ष मनाउनेहरु यो दुई पोखरीमा नयाँ वर्षको दिन रमाउने गरेका छन् । ...

यि हुन् नयाँ बर्षमा पुग्नैपर्ने प्रदेश १ का उत्कृष्ट ७ गन्तव्य (तस्विरहरू सहित)

नयाँ बर्ष २०७५ ले बिदा माग्दै गर्दा सबैकाे मनमा अब आउने नयाँ बर्ष कसरी मनाउने भनेर खुलदुली बढने गर्छ । काेहि आश्रममा रहेका बृद्धाहरूलार्य खाना खुवाउने , काेही केही ब्यवसाय सुरू गर्ने र काेही घुम्न जाने याेजना बनाउन ब्यस्त देखिन्छन ।त्यसैपनि नयाँ बर्ष घुम्न डुल्न र परिवारसंग रमाइलाे बाताबरणमा समय बिताउन कसलाइ पाे रहर हुदैन । त्यसाे त यतिबेलाकाे माैस...

जाने हैन त तालतलैया ? बैशाख १ र २ गते तालतलैयामा सिरुवा मेला

इटहरी / इटहरी स्थित तालतलैयामा बैशाख १ र दुई गते सिरुवा मेला लाग्ने भएको छ। स्थानीय डिडिएल क्लवको संयोजनमा सिरुवा मेला सञ्चालन हुन लागेको हो। याँ सालको आगमनसँगै तराईमा मनाइने सिरुवा मेला पर्यटकीय क्षेत्र तालतलैयामा लाग्ने भएको तालतलैया संरक्षण समितिका लोचन पौडेलले बताउनुभयो। अघिल्लो बर्षको रातीको भातलाई भोलीपल्ट नयाँ बर्षको पहिलो दिन खाने र पोखरी त...

पर्यटकिय चाप बढे सगै खुम्बुमा जोक्पेको माग बढयो

सोलुखुम्बु / खुम्वु क्षेत्रमा पर्यटकको चाप वढे संगै ढुवानिको एकमात्र साधनको रुपमा रहेको जोक्पे याकको माग वढेको छ । आरेहण सिजन सुरुभएसँगै पर्यटन मार्गमा पर्ने लुक्लावाट फाक्दिङ, स्याङवुचे, दिङ्बोचे, लवुचे र गोरक्षप क्षेत्रमा जोक्पे याकले नियमित ढुवानि गर्दै आएको छ । हाल खुम्वु क्षेत्रमा पर्यटक भित्रने मध्य सिजन भएकोले पर्यटक वढेसंगै जोक्पे याक लाई भ...

शैलुङ्ग महोत्सवको उद्घाटन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने

दोलखा / नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सैलुङ्ग आउने भएका छन् । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सैलुङ्ग महोत्सवको उदघाटन गर्न सैलुङ्ग आउने भएका हुन् । दोलखाको शैलुङ्क र मेलुङ गाउँपालिका र रामेछापको दोरोम्वा गाउँपालिका द्धारा द्धारा आगामी वैशाख १३, १४ र १५ गते हुने महोत्सवमा प्रधा...

गुराँसको राजधानी तीनजुरेमा गुराँस टिप्न किन प्रतिबन्ध लगाइयो ? कारण यस्ताे ।

संखुवासभा / गुराँसको राजधानी भनेर चिनीने संखुवासभाको तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा गुराँसको फूल टिप्न प्रतिबन्ध लगाइएको छ । अटेर गर्नेलाई कारबाही गरिने भएको छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टीएमजे क्षेत्रमा आउने पर्यटक र जुस बनाउनेहरूले फूल टिपेर सौन्दर्य बिगार्न थालेपछि प्रतिबन्ध लगाइएको हो । डिभिजन वन कार्यालयले सार्वजनिक स...