हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

सोलुखुम्बु / शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका न...

पर्यटन वर्षलाई लक्षित गर्दै महामहोत्सव

बैतडी / सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिने भएको छ । महामहोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१ गतेदेखि शुरु हुनलागेको हो । पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिकालगायत जिल्लाभरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय स्थानहरुको प्रचार–प्रसार गरी यी ठाउ...

सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार

लिस्बन / सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गर्नुभएको छ । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहनुभएकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका देशमा नेपाल भ्रमणको प्रचारप्रसार गर्नुभएको हो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपालका...

भोजपुर स्थित च्याङ्ग्रे ‘भ्यू’ टावरको डीपीआर सम्पन्न

भोजपुर / पौवादुङ्मा गाउँपालिकामा च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) सम्पन्न भएको छ । प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्य अगाडि बढाइएको छ । गाउँपालिका उपाध्यक्ष सम्झना राईका अनुसार ती दुई गाउँपालिकामा निर्माण गर्न लागिएको पर्यट...

हराएका पर्यटकको खोजी तीव्र

रसुवा / उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाली ४२ वर्षीय सिसुङकोे खोजीका लागि नेपाल प्रहरीका तालीमप्राप्त तीन कुकुरसमेत परिचालन गरिएको छ । उनीहरू असोज ५...

पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा ¥याफ्टिङ

स्याङ्जा / सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा ला...

अन्र्तराष्ट्रिय पर्यटन दिवशको अवसरमा होमस्टे उद्घाटन

पाँचथर / अन्र्तराष्ट्रिय पर्यटन दिवशको अवसरमा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ लालीखर्कमा आज सामुदायिक होमस्टे उद्घाटन गरिएको छ । होमस्टेको उद्घाटन प्रदेश १ का सांसद तथा वन,वातावरण,उद्योग,पर्यटन समितिका सभापति सिता थेवेले गर्नुभएको थियो । होम स्टेको उद्घाटन पश्चात कार्यक्रममा बोल्दै उहाँले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भ...

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

रुपन्देही / विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल...

प्रविधिसँग जोडिँदै महेन्द्र र चमेरे गुफा

चिप्लेढुङ्गा / प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो । विन्ध्य...

धरानमा पर्यटनका क्रेता र विक्रेता साझेदारी बढाउँदै

धरान / राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन क्रियाशील छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानको सिद्धी नेवाः परिषद्मा शनिबारदेखि तीन दिनसम्म चल्ने मार्टमा नेपालका विभिन्...