हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

खोटाङ / हलेसी तुवाचुङ नगरपालिकाले करीब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ । ऐतिहासिक गढीको संरक्षण र संवद्र्धन ...

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

लमजुङ / बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । यस भ्रमणले ग...

‘ओरेन्ज सिटी’ बन्दै पुर्बी पहाडी जिल्ला धनकुटा (११ तस्विरहरू )

धनकुटा । सुन्तलाको राजधानीका रुपमा परिचित प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला धनुकटा बजार क्षेत्रका माथिल्लो कोप्चे र तल्लो कोप्चेमा रहेका घरहरुमा मौलिक पहिचान कायम गर्न सुन्तला कलरको रङहरु पोतिएका छन । नगरपालिकाको वडा नम्बर ५ का घरहरुलाई मौलिक बनाउने उद्धेश्यका साथ सुन्तले (ओरेन्ज) रङ लगाएको छ भने धनकुटाको टुँडिखेलमा समेत सुन्तले रङ पोतिएको ...

प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध

चितवन / चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध प्रकृतिमा छाड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गतवर्ष कोरलिएका चारवटा बच्चा र एक जोडी माउ गिद्ध जटायु रेष्टुरेण्ट पठाइएको थियो । यसअ...

नयाँ वर्षमा दोब्बर पर्यटक

चितवन / नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो । उहाँका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पला...

गुराँस उत्सवमा रमाए पर्यटक

बागलुङ / यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए । चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे पर्यटन विकास के...

पर्यटन विकासका लागि सरकारलाई १६५ सुझाव

काठमाडौँ / पर्यटन क्षेत्रको समग्र विकास, प्रवद्र्धन तथा आगामी रणनीतिका लागि नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ । विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटी सरकारको आगामी नीति तथा कार्य...

‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

चितवन / मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन् । चितवन राष्ट्रिय ...

पर्यटकहरूकाे गन्तब्य गाेरखाकाे मनाेकामनामा लुटकाे धन्दा

गोरखा ।  मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र व...

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

अछाम / अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रु...