यि हुन नेपालमा मात्र पाइने ३१२ प्रजातिका फुल

काठमाडौँ । विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् । यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ ह...

शुर्खेतमा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु

सुर्खेत । जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको सहआयोजनामा बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला शुरु गरिएको हो । कर्णाली प्रदेशको कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ १० दिन...

पाँचथरलार्इ पर्यटकीय जिल्ला बनाउन दौडधूप

पाँचथर / पाँचथर लिम्बूको बसोवास भएको प्रमुख जिल्लाका रुपमा चिनिन्छ । प्राकृतिक रुपमा धनी पाँचथर पर्यटनका क्षेत्रमा पर्याप्त सम्भावना बोकेको जिल्ला हो । भौतिक पूर्वाधार अभावका कारण पर्यटनको विकासमा उल्लेख्य प्रगति हुन सकेको छैन । फिदिम नगरपालिका फाल्गुनन्दको तपोभूमि भएकै कारण किराँतीहरुको अनुसन्धानका लागि सरकारीस्तरबाट नै काम भइरहेको नगरपालिकाकी उपप...

घोरे झरना संरक्षणमा विवाद

पाँचखपन / संखुवासभाको पाँखपन नगरपालिका वडा नंं. १ मा रहेको घोरे झरना संरक्षणका लागि विवाद सुरु भएको छ । आन्तरिक पर्यटकहरुको मूख्य गन्तव्य बन्दै गएको झरनाको संरक्षण कस्ले गर्ने भन्ने विवाद सुरु भएको छ । गत चैत्रमा १ नं. वडाका दुर्गानिलम श्रेष्ठको संयोजकत्वमा १३ सदस्सीय घोरे झरना संरक्षण समिति निर्माण भएको थियो । उक्त समिति चैत्र २५ गते जिल्ला प्रशास...

पर्यटक लोभ्याउँदै धनकुटाको नमस्ते झरना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ । केही वर्षअघिसम्म गोठाला समेत जान डराउने सिम्सुवा खोलाको त्यो अनकन्टार ठाउँमा अहिले हुलका हुल पर्यटक जान थालेका छन् । त्यो अनकान्टार ठाउँमा पर्यटकलाई तान्ने अरु केही नभई त्यहाँ रहेको नमस्ते झरना हो। करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरा हेर्न आन्तरि...

मनाङको मौलिक तिर पर्व सकियो

मनाङ / मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथाअर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्...

‘करबाकेली इको ट्रेक’ जंगल सफारीका लागि आर्कषक

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पुनमगर समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थानलाई लक्षित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालनको तयारी भएको छ । स्थानीयको सक्रियता र कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा पदयात्रामा रमाउन चाहने पर्यटकलाई सुन्दर गन्तव्यका रुपमा टे«कको प्रचारप्रसार शुरु गरिएको करबाकेली इको ट्रेकका अध्यक्ष यामबह...

प्रदेश नं. १ को प्रमुख पर्यटकीय गन्तब्य बन्दै टिएमजे

तेह्रथुम / पुर्बी नेपालको चिरपरिचीत तिनजुरे मिल्के जलजले प्रदेश नं १ कै पर्यटकीय गन्तब्य बन्न थालेको छ । काठमाडौ देखी हवाई मार्ग ४५ मिनेट पछी बिराटनगर देखी करीब ४ घण्टाको यात्रा सँगै प्रबेश गर्न सकिने टिएमजे क्षेत्र पछिल्लो समय प्रदेश नम्बर १ कै सफल पर्यटकीय गन्तब्य बन्न थालेको हो । तेह्रथुम संखुवासभा र ताप्लेजुङ जिल्लाको सिमावर्ती क्षेत्रमा रहे...

चालीस वर्षपछि वाग्मती यात्रा

काठमाडौँ / विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरबाट ४० वर्षपछि सोमबारदेखि वाग्मती तीर्थयात्रा शुरु गरिँदैछ । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा विसं २०३४ पछि हुन सकेको थिएन । सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ गरेपछि यात्रा शुरु हुनेछ । वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म हुने १७...

गुर्दुमडाँडाबाट प्याराग्लाइडिङ गरिने

बनेपा /  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत...