कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट

सुर्खेत / कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिनुभयो । उहाँले पर...

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय अभिलेखालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार आयोजित तीनदिने अभिलेख महोत्सव, २०७५ को उद्घाटन गर्दै उहाँले पोखरा क्षेत्रीय सङ्ग्रहालयलाई प्रादेशिक अभिलेखालयका...

पर्यटकको गन्तव्यस्थल बन्दै ह्यात्रुङ झरना ( ८ तस्विरहरू)

तेह्रथुम / तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न ज...

यात्रानुभूति : सात घण्टासम्म पानीमाथि र पानीमुनि दौडँदा…

जेष्ठ ५ गते शनिबार घडीमा बिहानको ७ बजेको छ । कोठाबाहिर पानी परिरहेको छ, मन भने भारी भारी । किन मन भारी ? प्रश्न उठ्न सक्छ । भन्न मन छ, तर समय, परिस्थिति र बाध्यताले गर्दा शब्दमा बयान गर्न सकिरहेको छैन । बिहानको आठ बजे पानीमाथि दौडनका लागि पानीसँगसँगै घरबाट निस्किएँ । हाम्रो यात्रा थियो सप्तकोशी नदीस्थित चतराको पुलदेखि राजाबास हुँदै उदयपुर, सप्तर...

पर्यटकहरुको नयाँ गन्तव्य बन्दै संखुवासभाकाे घोर्ले झरना (तस्विरहरू सहित)

संखुवासभा / पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको घोर्ले झरना मूख्य पर्यटकीय गन्तव्य बनेको छ । घोर्ले झरना हेर्न र आसपासका क्षेत्रको दृश्यावलोकन गर्दै रमाउन दैनिक पर्यटकहरू आउने गरेका छन् । पाँचखपन नगरपालिका वडा नं. १ मा रहेको यो झरना १ सय ९१ मिटर अग्लो रहेको छ । कुसुवा खोलाबाट निर्मित यो झरना तीन तला भएर बगेको छ । सबैभन्दा माथिको पान...

चतराको जेटबोट दोलाल घाटसम्म सञ्चालन हुने

उदयपुर / सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक क...

¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

काठमाडौँ, चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ । चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गर्नुभयो । उक्त प्रतियोगितामा नेपाल...

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

काठमाडौँ, रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ । विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ । भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप ...

बाघ–गैँडा देखाउन ‘भ्यू–टावर’ निर्माण

चितवन / पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताउनुभयो । दुई वटा भ्यू–टावर भने हालसालै निर्माण भएको वनका ...

पूर्वखोलाको जल्पामा गुफा फेला

रामपुर / पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा आश्चर्यजनक प्राकृतिक गुफा फेला परेको छ । स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा हलगोरु नजिकको ओढारमा पसेपछि गुफा फेला परेको हो । आश्चर्यजनक रुपमा आकर्षक चित्र आकारमा प्राकृतिक उपहारको रुपमा गुफा भेटिएको स्थानीय पत्रकार दिल्लीराज पंगेनीले जानकारी दिनुभयो । विभिन्न प...