काठमाडौंको टेकुमा सडक बीचमै पेट्रोल पम्प

काठमाडौं / टेकुको विष्णुमति खोलामा नयाँ बनेको पुलछेउमै पेट्रोल पम्प छ । कनक ट्रेड सेन्टर । यो पम्प त्यहाँ नयाँ बनेको पुलको सडकको बीच भागमै पर्दछ । नयाँ बनेको पुल प्रयोग गरेर कलंकी, बल्खुबाट त्रिपुरेश्वरतिर आउने सडकमै पेट्रोल पम्प रहेकोले सवारी साधनलाई अप्ठेरो परिरहेको छ । सवारी साधन सडकबीचमा पेट्रोल पम्प भएकै कारण घुम्नुपरेको छ । खोलामा नयाँ पुलले...

मेलम्चीको अल्टिमेटम भोलि सकिदै

काठमाडौं / मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।   माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो ।  समितिका कार्यकारी निर्देशक कँडेल...

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

काठमाडौं / सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उ...

निर्मला हत्या प्रकरणमा अभियुक्तका जति स्केच बने ति सबै फेल

काठमाडौं / कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएको छ ।  गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । त्यसयता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरील...

काठमाडाैंबाट दुई रातमा ३३ बालबालिकाको उद्धार

काठमाडौं / बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ दिनमा ३३ बालबालिकालाई उद्धार विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ ।केन्द्रले बिहीबारदेखि २ दिनसम्म चनाएको रात्रिकालीन उद्धार कार्यक्रममा यी बालबालिका उद्धार भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनु भयो । ‘सुरुमा हामीले २७ बालबालिका उद्धार गरेका हौँ, जसमा २ जना बालिका छन् ती स...

मोबाइलकाे सुरक्षा अपनाउन यसो गर्नुस

काठमाडौं - आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ । यस्तो जीवन शैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईको मोबाइलको ब्याट्री कमजोर छ । वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छोड्ने गर्नुहुन्छ । यदि, यस्तो हो भने यी कठिनाइबाट यसरी छ...

आजबाट उपसचिव सरहका कर्मचारी समायोजन हुँदै

काठमाडौं । सरकारले समायोेजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जाने समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए । उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्नसक्ने व्यवस्सथा मिलाइएको छ । उनका अन...

काठमाडाैँकाे खानेपानीमा साबुनको फिँज र ढल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ। उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो। खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ। केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुल...

नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणमा लैजाने सरकारको तयारी

काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर संरचना परिवर्तनको तयारी गरेको छ। सवर्साधारण सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने सरकारको योजना छ। सरकारसँग हाल कायम रहेको ९२ प्रतिशत स्वामित्वबाट २६ प्रतिशत सर्वसाधारणमा लैजाने तयारी सरकारले गरेको हो। टेलिकममा हाल सरकारको ९१.८९ प्रतिशत, कर्मचारीको ४.५ प्रतिशत, सर्वसाधारणको ३.९ प्रतिशत र नागरिक...

सडकमा सर्वसाधारणको काल बन्दै टिपर, नजिकै आउँदा भाग्नुपर्ने बाध्यता

काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन् । ...