पर्यटकीय क्षेत्र ठमेल : पानी पर्दा हिलो, घाम लाग्दा धूलो

काठमाडौँ / सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ । ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले प...

शेयर बजारमा सामान्य गिरावट

काठमाडौँ / शेयर बजारमा आज सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ । कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४...

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

काठमाडौँ / पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ । सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन । ...

विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

काठमाडौँ / सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पठाइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आय...

एकाउन्न प्रतिशत राजश्व असुल

काठमाडौँ / आर्थिक वर्ष २०७४÷७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ महानगरपालिकाले गत आवमा रु १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजश्व उठाउने लक्ष्य राखेकामा रु पाँच अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ । सबैभन्दा बढी घरजग्गा करतर्फ रु ५७ करोड ५९ लाख ७८ हजार राजश्व असुल गरेको छ । घरबहाल करतर्फ...

सभापति देउवाद्वारा पङ्गेनीको निधनमा दुःख व्यक्त

काठमाडौँ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँको आज बिहान ५ः३०...

सात विधेयक संसद्मा पेश गरिने

काठमाडौँ / सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल...

कामु प्रधानन्यायाधीश मिश्रले तोक्नु भो पेशी

काठमाडौँ / सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गर्नुभएको छ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशकोे हैसियतले आज मुद्दाको पेशी तोकेर काम शुरु गर्नुभएको हो । ...

राधे राधे र सल्लाघारी डुबानमा

राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ । भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे...

प्रतिनिधिसभा बैठक : शोकप्रस्ताव पारित

काठमाडौँ / प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प...