लोप हुँदै परम्परागत पञ्चेबाजा

बेझाड / युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हँुदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हँुदै गएको छ । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा ...

कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइने

काठमाडौँ / सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया ...

चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ / निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गर्नुभएको छ । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मनुभएका धिमाल निधन...

गहुँको विएल ४३४१ बीउ उन्मोचन

काठमाडौँ / लामो प्रयासपछि विएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बीउ पत्ता लगाएका हुन् । नयाँ जातको बीउ पत्ता लगाउन कम्तिमा १० वर्षको समय पर्खनुपर्ने नार्कका बाली तथा वागवानी निर्देशक डा दीपक भण्डारी बताउनुहुन्छ । नार्कले उच्चकोटिको मूल बीउ उत्पादन गरी नेपालका स...

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौँ / निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे...

कामपा प्रमुख– उपप्रमुख चीन प्रस्थान

काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ । हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उहाँहरुले भाग लिनुहुनेछ । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप ए...

शेयर बजारः दोहोरो अङ्कले घट्यो

काठमाडौँ / धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ विन्दुले घ...

एक्काइस कम्पनीको रु तीन अर्बको शेयर बिक्रीको तयारी

काठमाडौँ / विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धि...

रिक्त राजदूतमा पदपूर्ति हुँदै

काठमाडौँ / नेपाल सरकारले रिक्त राजदूतमा चाँडै पदपूर्ति गर्ने भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले छिमेकी भारतलगायत तीन मुलुकका लागि राजदूत सिफारिश गरेको छ भने अन्य रिक्त राजदूतको पनि चाँडै सिफारिश गरिने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जनाएका छन् । सिफारिश भएका नामबारे संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गर्नेछ । मन्त्रिपरिषद्को बैठकले...

कात्तिक नाच आजदेखि शुरु

काठमाडौँ / ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ । नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख(बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बतायो । प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा झण्डै १०० जना सहभागी हुने स...