राज्यमन्त्री अदालतमा हाजिर

गौशाला / मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आज बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ । विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीद्वारा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर...

३८ लाख रुख रोपिनुुपर्ने

काठमाडौँ / राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ नयाँ रुख रोप्नुपर्ने हुन्छ । कटान गरिने रुखको क्षतिपू...

आम्दानी वृद्धि गर्ने लक्ष्य

काठमाडौँ / नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ । टेलिकमले चालू आवमा सञ्चालन आय रु ४४ अर्ब २५ करोड पु¥याउने लक्ष्य तय गरेको छ । एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ । टेलिकमको गत आवको कूल आय रु ४५ अर्ब ५६...

ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि मनोरञ्जन र दिवा स्याहार केन्द्र स्थापना गरेको छ । काठमाडौँ महानगरपालिका– १८ ले गत जेठमा सो सेवा केन्द्र सञ्चालन गरेको हो । मनोरञ्जन केन्द्रमा ज्येष्ठ नागरिकका लागि हार्मोनियम, तबला, बाँसुरी, मादललगायत बाद्ययन्त्रको व्यवस्था गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका– २३ मा गत आइतबार ज्येष्ठ न...

राष्ट्रियसभामा चार विधेयक पेश

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ...

राप्तीपारिका विकट गाउँको पीडा

बाँके / बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ । गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रीत छन् । नरैनापुरका सीमावर्ती गाउँमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ । त्यसो त उनीहरु रुपैयाँ पनि बढी भारतीय नै प्रयोग गर्छन् । सीमावर्ती गा...

खोलाले बाँध भत्काएपछी तीन सातादेखि ३५० घरधुरी अन्धकारमा

डोल्पा / लघुजविद्युत्को बाँध खोलाले भत्काएको तीन साता बितिसक्दा पनि निर्माण नहुँदा ३५० घरधुरी अन्धकार भएको भएको छ । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ लोकामा रहेको छलगाड बाँध निर्माण हुन नसकेपछि नगरपालिका अन्धकार भएको हो । अविरल वर्षाका कारण आएको बाढीले ६ साउनमा २० मिटर बाँध भत्काएपछि विद्युत् आपूर्ति बन्द भएको थियो । बाँध निर्माणमा नगरपालिका र...

महिला–बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज / बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुुक जाने महिला तथा बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनका ...

टेलिकमको आम्दानीमा वृद्धि

काठमाडौँ / नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव ९२ प्र...

खर्चबारे संयमित हुनुस् : अर्थमन्त्री

काठमाडौँ / अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागले यहाँ आज आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अहिले वित्तीय सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा मात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा नहतारिन आग्रह गर्नुभयो । “प्रदेश र स्थानीय...