कोलम्बो प्रोसेसः उच्च अधिकारीस्तरीय बैठक काठमाडौँमा शुरु

काठमाडौँ / श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडाँैमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई...

कुलेश्वरमा देवकोटा जयन्ती

काठमाडौँ / कुलेश्वर आवास परिवार कल्याण सँस्था, साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११०औँ जन्मजयन्ती बुधबार मनाइएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानिसले सत्यम् सुन्दरमको जीवन जिउनुपर्छ भन्नुभयो । साहित्यकार राम विनयले संयोजन गरेको कार्यक्रममा देवकोटा सम्बन्धमा सीताराम नेपाल, गणेश मार्मिक, श्याम सापकोट...

महिला हिंसाबारे निःशुल्क हेल्पलाइन ‘११४५’ को प्रभावकारिता बढ्दो

काठमाडौँ / राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै गएको छ । हेल्पलाइन शुरु भएदेखि यो एक वर्षको अवधिमा करीब ५० हजार फोन आएको छ । २०७४ मङ्सिर २५ देखि सञ्चालनमा आएको सो हल्पलाइनमार्फत अहिलेसम्म एक हजार ८४ वटा महिला हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् । करी...

काठमाडौँमा दलित भएकैले कोठा पाउन समस्या

काठमाडौँ / पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महीना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पार्नुभयो । कोठाका लागि उहाँले रु एक हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनीता घिमिरे) ले कोठा नसर्दै सागरको जात सोध्नुभयो । सागरले आफ्नो जात बताएपछि घरबेटीले कोठा त आफ्नै लागि चाहिएको भन्दै बैना फिर्ता गरेर अन्तै कोठाको व्यवस्था गर्न आग्रह गर्नुभयो ...

सिक्का गालेर गहना बनाउने बढे, यसरी हुँदैछ सिक्काको दुरुपयोग

बेत्रावती / नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ ।सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो ।नेपाल राष्ट्र बैङ्कल...

मंसिरको अन्तिम सातासम्ममा नेपालमा रेल कुद्ने !

काठमाडौं / मंसिरको अन्तिमसाताबाट नेपालमा रेल सञ्चालन हुने भएको छ । जनकपुर–जयनगर क्षेत्रमा लिक निर्माण भएकाले भारतसँग भाडामा लिएर रेल सञ्चालनमा ल्याउने सरकारी तयारी रहेको छ । नेपाल–भारत ‘क्रस बोर्डर रेल वे’ का लागि ५ स्थान तय गरिएको छ । सन् २०१० मा नेपाल र भारतबीच क्रस बोर्डर रेल वे का ५ लिक विस्तार गर्ने समझदारी बनेको थियो । समझदारी अनुसार दुई ...

नक्कली स्याम्पु र मसलासहित सञ्चालक पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको...

भ्रष्टाचारका समाचार लेख्दा असुरक्षित हुने डर

चिप्लेढुङ्गा / भ्रष्टचारका समाचार लेख्दा बढी असुरक्षित हुने गरेको पत्रकारहरुले बताएका छन् । अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा फ्रिडम फोरमले पोखरामा आज आयोजना गरेको ‘सुरक्षित पत्रकारिता तथा दण्डहीनताको अन्त्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले भ्रष्टाचार र सामाजिक विकृति एवम् विसङ्गतिका विषयमा कलम चलाउँदा असुरक्षित हुनुपरेको बताउ...

तास खेल्दा पक्राउ परेका उद्योगीसंग धरौटी माग

विराटनगर / तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीसंग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२/१२ हजार रुपैयाँ धरौटी माग गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐन अन्तर्गत मुद्धा चलाएको थियो । प...

सन् २०१७ को भाषा परीक्षा उतीर्णलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ / रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान...