पाइलटकी आमाले टुँडिखेलमा छोरा भन्दै रूइन्, बाेलाइन्, चिच्च्याइन्, तर……….. !

काठमाडौं– बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट थिए प्रभाकर।जोखिम मोलेर हेलिकोप्टरको उडान भरेका जोशीको प्रयास सफल हुन सकेन र हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन जोशी सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र अन्य पाँच जनाले ज्यान गुमाए ।दुर्घटनामा ज्यान गुमाए सवैको शव अन्तिम श्रद्धान्जलीको लागि टुँडि...

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दार...

स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि...

सम्भावित जोखिमको क्षेत्र पहिचान गर्दै कामपा

काठमाडौँ / काठमाडौँ महानगरपािलकाले विपत्को सामना गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो क्षेत्रभित्र सम्भावित जोखिमको क्षेत्र पहिचान कार्य शुरु गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले सम्भावित जोखिम आकलन गरेपछि आपत् सामना गर्न सहज हुने भएकाले यस किसिमको कार्य शुरु गरिएको बताउनुभयो । “एक्लैले विपत् टार्न सकिँदैन, अझ प्राकृतिक विपत्तिको स्वरुप...

श्रद्धाञ्जलिका लागि शव टुँडिखेलमा

काठमाडौँ/ ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उहाँहरुको शव टुँडिखेलमा ल्याइएको छ ।त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।...

लगानी बोर्डलाई थप अधिकार : रु छ अर्ब माथिका आयोजना हेर्ने

काठमाडौँ / सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत...

नेकपा सचिवालय : शोक प्रस्ताव पारित

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । ...

हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको हो भन्नुभयो । ...

शव बोकेको हेलिकप्टर काठमाडौँतर्फ

सुकेटार / नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँतर्फ उडेको छ । दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौ...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ / आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगाय...