नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

काठमाडौँ / नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य स...

शेयर बजार आठ अङ्कले घट्यो

काठमाडौँ / साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ । कारोवार रकममा भने केही वृद्धि भएको छ । आज कूल १६९ कम्पनीको १५...

विश्व सिमसार दिवस : सिमसार क्षेत्रमै पानी अभाव

इनरुवा । जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रमै पानीको अभाव भएको सरोकारवालाहरुले बताएका छन् । विश्व सिमसार दिवसको अवसरमा शनिबार कोशी टप्पु वन्यजन्तु आरक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन । सुनसरी,सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ किलोमीटर क्षेत्रफल भित्र अवस्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र समेत जनावरहरुले ...

इन्धनको मूल्यवृद्धि

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ ।आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।निगमले एलपी ग्यासको मूल...

दोस्रो नर्स एथलेटिक्समा हीराचन, श्रेष्ठ र यादव विजयी

काठमाडौँ / दोस्रो नर्स एथलेटिक्समा नेपाल प्रहरी अस्पतालकी खुशी हीराचन, न्यूरोड अस्पतालकी मुना श्रेष्ठ र सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव आ–आफ्नो विधामा प्रथम भएका छन् ।डा खगेन्द्र स्पोर्टस् फाउण्डेशनले आज हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आयोजना गरेको तीन किमी सडक दौड तथा १०० मिटर र २०० मिटर दौडमा क्रमश ः हीराचन, श्रेष्ठ र यादव प्रथम भए...

कृषिमा वित्तीय संस्थाको लगानी निराशाजनक

काठमाडौँ/  नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ ।लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका बैंक तथा ...

निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्छ :मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्र्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अङ्गे्रजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न मिल्दैन, सरल र सर्वसाधारणल...

तीन सय हप्ता सफा गर्दा पनि वाग्मतीमै ढल

काठमाडौँ/ वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी शनिबार ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ ।सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको...

विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता : अझै डेढ अर्ब बाँकी

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।एक महीनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउ...

भालुको आक्रमणबाट घाइते

भालुको आक्रमणबाट आज बिहान तनहुँमा एक जना घाइते भएका छन् । घाइते हुनेमा भानु नगरपालिका–१३, खड्कागाउँका ६० वर्षीय चिजबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालयुले जनाएको छ ।घर नजिकैको कुखुरा फार्ममा आएको भालु धपाउन खोज्दा कुँवरलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट कुँवरको दायाँ खुट्टा र हातमा चोट लागेको छ । घाइते कुँवरको पोखरास्थित गण्डकी अस्प...