विपद् व्यवस्थापनमा सहयोगका लागि आग्रह

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई तालीम र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीमा सहयोगका लागि राजदूतसँग...

संविधान सबैको भावना अनुरूप छ : देउवा

विराटनगर / नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ । राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्र...

रु ३५ करोड ६० लाख जापानी अनुदान

काठमाडौँ / जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले आज ...

‘सङ्घीयता धरापमा पारियो’

फिक्कल / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाउनुभएको छ । इलामको माई नगरपालिका–२ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्न...

घुस माग्ने प्रहरी निरीक्षक विरुद्ध मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको...

बंगलादेशी राजदुत र प्रदेश १ का प्रमुखबीच भेट

विराटनगर / नेपालका लागी बंंगलादेशका राजदूत भास्वी विन्त सम्स र प्रदेश नम्बर एकका प्रदेश प्रमुख प्राध्यापक डा. गोविन्दबहादुर तुम्वाहाडबीच दुईपक्षीय ब्यापार, पर्यटनका विषयमा छलफल भएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा सोमबार आयोजित भेटका क्रममा राजदूत सम्सले प्रदेश नम्बर एक प्राकृतिक रूपमा सुसज्जित रहेकोले पर्यटन क्षेत्रमा धेरै संभावना...

गहुँको उत्पादन दोब्बर गर्न सुझाव

काठमाडौँ / नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन् । हाल गहुँको उत्पादन १९ लाख मेट्रिक टन छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा बागबानी निर्देशक डा दीपक भण्डारीले गहुँको रोटी खाने बानी वृद्धि हुँदै ...

शेयर बजार : छ अङ्कले घट्यो

काठमाडौँ / धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्...

कार्यान्वयन भएन त्रिविमा सूचनाको हक

काठमाडौँ / देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ । प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भनी नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ९३० मा व्यवस्था...

युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ / एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एण्ड जस्टिस र काठमाडौँस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित उक्त शैक्षिक सत्र गत जनवरीमा काठमाडौँमा शुरु भएर आज जनकपुरमा सम्पन्न भएको यहाँस्थित अमेरिकी दूतावासले जना...