आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपाललाई १५६ रनको लक्ष्य

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले एक सय ५६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेष्वाकरले महत्वपूर्ण चार विके...

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल पटकपटक वर्षाका कारण अवरुद्ध भएको थियो । आज मौसमले साथ दिएको छ र पार...

नेपालबाट केन्यालाई १०४ रनको लक्ष्य

काठमाडौँ, २८ फागुन । आइसीसी क्रिकेट लिगअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले केन्यालाई १०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ पाएको नेपालले ३६ ओभरको खेलमा ११२ रन बनाएको थियो । पानी परेका कारण ‘एल डी डब्लु’का आधारमा खेल छोटाएर २९ ओभरमा झारिएको छ । अहिले केन्याले जवाफी व्याटिङ गरिरहेको छ । रासस

केन्याले टस जित्यो नेपालले व्याटिङ गर्दै

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र केन्याबीचको खेल ढिलै भएपनि सुरु भएको छ । शुक्रबारबाट लगातार पानी परेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको थियो । तर, अहिले कीर्तिपुर मैदान क्षेत्रमा घाम लागेकाले ढिलै भए पनि खेल भएको । विहान ९ः३० बाट खेल सुरु हुने भनिएपनि अहिले भरखरै टस भएको छ । केन्याले टस जितेर बलिङ रोजको छ ।

इटहरी गोल्डकप: डिभाइनवाइन व्वाइजलाई २ शुन्यले हराउदै काकरभिट्टा फाईनलमा

इटहरी / सुनसरीको इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल फाइनलमा शसस्त्र प्रहरीको एपिएफ पुर्वाञ्चल र काकरभिट्टा फुटबल टेनिगं सेन्टर झापा भिड्ने पक्का भएको छ । विहिवार भएको सेमिफाइनलमा खेल काकरभिट्टा फुटबल टेनिगं सेन्टर झापाले डिभाइनवाइन व्वाइज युनियनलाई २ शुन्यले हराउदै एपिएफ पुर्वाञ्चसंगको भेट पक्का भएकाे हो । अत्यान्त प्र...

इटहरी खुल्ला भलिबल प्रतियोगिता – भलिबलमा एपिएफ नृत्यमा ज्ञानदर्पण

तरहरा / इटहरी खेलकुद समाजद्धारा आयोजित तरहरामा पाँच दिनदेखि जारी इटहरी खुल्ला भलिबल प्रतियोगिता तथा अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिताको अन्तिम दिन भलिबलमा पुर्वाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्र र शशस्त्र प्रहरी बल एपिएफ बिच भएको प्रतिस्पर्धामा एपिएफले प्रहरीलाई सोझो सेटमा २५—२३,२४—२६,२१—२५,१४—२५ ले पराजित गरि बिजेता भएको हो । त्यस्तै तेश्रो स्...

ब्वाईज युनियन सेमी फाईनल प्रवेश

इटहरी  । सुनसरीको इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा डिमाइन व्वाइज युनियन क्लव काठमाडौले दार्जेलिगंको कंचनजंगा स्पोटिगं क्लवलाई १ का विरुद्ध ० गोलले  पराजित गरि सेमिफाइनलको खेलमा पक्का गरेको छ । इटहरीको जनता स्कुलको खेल मैदानमा भएको सो प्रतियोगितामा पहिलो हाफ सम्म दुवै टिमबाट गोल हुन सकेको थिए...

अन्तराष्ट्रिय इटहरी टुबाेर्ग गाेल्डकप – मंगलबारेलार्इ हराउदै काकडभित्ता क्वाटरफाइनलमा

इटहरी । सुनसरीकाे इटहरीमा जारी ११ अाै अन्तराष्ट्रिय अामन्त्रण टुबाेर्ग इटहरी गाेल्डकप अन्तरगत अाइतबार भएकाे दाेश्राे खेलमा मंगलबारे फुटवल क्लब माेरङलार्इ  ३ गाेल गर्दै काकडभित्ता फुटबल ट्रेनिङ सेन्टर खेलकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । खेल सुरू भएकाे १५ अाै मिनेटमा काकडभित्ताकाे तर्फबाट जर्सि नं ८ का नगेन लिम्बुले पहिलाे गाेल गरी अाफ्नाे समुहलार...

आर्मीलाई पाखा लगाउँदै सङ्कटाले चुम्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल, २१ फागुन । रुपन्देही जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ । आज भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सङ्कटाले विभागीय त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै सङ्कटाले तिलोत्तमा गोल्डकपसहित नगद रु पाँच ला...