रंगेलीमा स्पाेटमिट: भानु ले चुम्याे उपाधि

रंगेली/ पुस ८ शनिबार प्यापसन माेरङ क्षेत्र नम्बर ९ काे अायाेजनामा माेरङकाे रंगेलीमा स्पाेट मिट खेलकाे क्रिकेट फाईनल शनिबार सम्पन्न भएको छ । बिधार्थिहरुकाे चाैतर्फि बिकासका लागि हरेक बर्ष गर्दे अाएकाे खेलकुद उत्सव अन्तर्गत क्षेत्रगत रुपमा उक्त खेल भएको थियोे । साे खेल रंगेली काे जनता क्याम्प काे खेल मैदानमा अायाेजना गरिएकाे थियोे । क्रिकेट खे...

नवाैँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु

पाँचथर / सदरमुकाम फिदिममा नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नवनिर्वाचित सांसद वसन्तकुमार नेम्बाङले अब बन्ने स्थिर सरकारले खेलकुद क्षेत्रको विकास गर्ने बताउनुभयो । आजै भएको उद्घाटन खेलमा सुनसरी ११ ले डिभाइन ब्जाइज युनियन काठमाडौँलाई ३–० को अन्तरमा पराजित गरेको छ । सुनसरीको जीतमा खेल शु...

फुटबलमा नेपाल एक स्थान तल झ¥यो

काठमाडौँ/ विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्...

साफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए

काठमाडौँ / भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग एक एकको बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो । खेलको नवौँ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिए पनि ८...

विराटनगर वारियर्स विजयी

काठमाडौँ/ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको विराटनगरले पोखरा राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । टस ह...

साफ महिला फुटबल–नेपाल भारतसँग पराजित

काठमाडौँ/ बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने नेपालको सम्भावना सकिएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो ...

इपिएलमा पोखरा विजयी

काठमाडौँ/ एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौ...

नेपाली खेलाडीलाई दुई स्वर्ण

सल्लेरी, सोलुखुम्बु/ वल्र्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पार्नुभएको मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन...

नेपाल बंगलादेशसँग ६–० ले पराजित

काठमाडौँ / यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । मोगिनीले खेलको १३ आैँ मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल ग...

पोखरा राइनोज्मा ३ विदेशी खेलाडी अनुबन्धित : उत्कृष्ट प्रतिस्पर्धीको चयन सम्पन्न

पोखरा / टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज्ले आफ्नो तयारी जोडटोडका साथ गरिरहेको छ । नेपालको ईतिहासमै सबै भन्दा विशालक्रिकेट महोत्सवका रुपमाचर्चा गरिएको सो खेलकालागि समुहले ३ विदेशी खेलाडी समेत समावेश गराइसकेको जानकारी दिइएको छ । समुहले विदेशी खेलाडी इसरार उल्लाह, अलीआशिफ र ताजवाली समुहमाअनुबन्धित गरेको जानकारी दिइएको छ । ...