उदयपुरमा सातौँ राष्ट्रिय आर्चरी खेल हुने

उदयपुर । आगामी यही पुस ८ देखि १५ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा पहिलोपटक सातौँ राष्ट्रिय आर्चरी खेल प्रतियोगिता सञ्चालन हुने भएको छ । अखिल नेपाल खेलकुद महासङ्घको पहलमा पहिलोपटक उदयपुर जिल्लामा राष्ट्रिय आर्चरी खेल प्रतियोगिता सञ्चालन हुन लागेको कुरा अखिल नेपाल खेलकुद महासङ्घका १ नम्बर प्रदेशका संयोजक तथा केन्द्रीय सचिव किरण राईले बताउनुभयो । ...

यु–१९ एसिया कप : नेपाल भर्सेस श्रीलंका

काठमाडौं। उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले बिहीबार आयोजक श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे कोलम्बोमा सुरु हुनेछ । प्रतियोगिताका लागि श्रीलंका पुगेको नेपाली टोलीले बुधबार दिनभर अभ्यास गरेको थियो । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पा...

जिल्ला स्तरीय म्याराथनको उपाधी श्यामको पोल्टामा

पाँचथर, मंसिर २९ / चासोक तङ्नामको अवशरमा पहिलोपल्ट पाँचथरको फिदिममा आयोजना गरिएको जिल्ला स्तरीय सुम्हा?लुङ मिनि म्याराथन डौड प्रतियोगिताको उपाधि ताप्लेजुङ ढुङ्गेसाँघुका श्याम लिम्बूले उचालेका छन् । लिम्बूले ३० मिनेट १० सेकेन्डमा निर्धारित ९ किलोमिटर दुरी पार गर्दै उपाधि माथि आफ्नो हक जमाएका हुन् । प्रतियोगितामा पाँचथर लुङ्रुपाका अजुर्न राईले ३१ मिन...

क्षेत्रीय भलिबल : पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

बैतडी । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह रावलले जानकारी दिनुभयो । उ...

शरणामती गोल्डकपः उपाधि चर्च ब्वाइजलाई

बिर्तामोड, मंसीर २७ । झापाको दक्षिणी गाविस शरणामतीमा भएको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप ‘शरणामती गोल्डकप’ को उपाधि पाहुना टोली चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । सोमबार स्थानीय जनता माविमा भएको खेलमा चर्च ब्वाइजले आयोजक शरणामतीलाई ४–३ गोलअन्तरले सडेन डेथमा हरायो । उपाधि जितेसँगै चर्च ब्वाइजले १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पारेको छ...

लिभरपुलले वेष्ट ह्यामसँग बराबरी खेल्यो

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको होडमा रहेको लिभरपुलले गएराति वेष्ट ह्यामसँग बराबरी खेलेको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल वेष्ट ह्यामसँग २–२ को बराबरीमा रोकिएको हो। लिभरपुलका लागि एडम लालना र डिभोक ओरिजीले गोल गरे । यस्तै वेष्ट ह्यामका लागि दिमित्री पेयट र एन्टोनियोले गोल गरे। बराबरीपछि तेस्रो स्थानको लिभरपुलको ३१ तथा ...

उद्घाटन खेलमा उदयपुर र मोरङ विजयी

बेलबारी । मोरङको लेटाङभोगटेनीमा सञ्चालित पूर्वाञ्चल क्षेत्रीय महिला फुटबल प्रतियोगिताअन्तर्गत आईतबार भएको उद्घाटन खेलमा उदयपुर र मोरङ विजयी भएका छन् । पहिलो खेलमा उदयपुर र खोटाङबीच प्रतिष्पर्धा भएको थियो । निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो । टाइब्रकेरमा ३–२ गोलअन्तरले खोटाङलाई हराउदै उदयपुरको महिला टीम क्वाटरफ...

खेलकुद पोसाक बितरण

सुनसरी । सभाषद कृष्णकुमार राईले सुनसरी जिल्ला बक्सिङ संघ धरानलाई १० थान टिसर्ट हस्तान्तरण गरेका छन् । धरानस्थित कर्बड हलमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै संघका अध्यक्ष बिकास कुमार गुभाजुलाई सो टिसर्ट हस्तान्तरण गरेका हुन् । सुनसरी जिल्लाबाट छनौट भएका ८ जना पुरुष र २ जना महिला गरी १० जना बक्सिङ प्रतियोगिहरुलाई हौसला प्रदान गर्ने उद्येश्यले सो ...

उर्लाबारीमा जारी दोस्रो नगरस्तरीय कपको शनिबार भएको खेलमा वडा नं. २ विजयी

उर्लाबारी / उर्लाबारीमा जारी दोस्रो नगरस्तरीय कपको शनिबार भएको खेलमा वडा नं. २ विजयी भएको छ । वडा नं. ८ लाई ५(१ गोलअन्तरले पराजित गर्दै वडा नं. २ विजयी बनेको हो । विजयी टोलीका लागि प्रकाश गिरीले ह्याट्रिक र समर राईले १ गोल गरेका थिए । अर्को एक गोल भने उपहार पाएको थियो । ८ नं. का सरोज धिमालले सान्त्वना गोल गरे । खेलको म्यान अफ द म्याच विजयी टिमका ...

पुर्वाञ्चलवाट प्रतिनिधित्व गर्ने गल्फ खेलाडी छनौट

धरान । आगामी पौष ८ गते देखी पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी पुर्वाञ्चलवाट प्रतिनिधित्व गर्ने गल्फ खेलाडी छनौट गरिएको छ । धरान स्थित निवार्ण कन्ट्रि क्लवमा रहेको गल्फ कोर्षमा शुक्रबार र शनिबार सम्पन्न प्रतियोगितावाट धराने गल्फरहरु शिवराज माझी , शुत्रबहादुर राई र राजु राई छनौटमा परेका हुन् । छनौट प्रतियोगिताको पहिलो दिन ...